तमानखोलामा नेपाली काँग्रेस निकट भूपू सैनिक संघको समिति गठन !

गुमानसिँह भण्डारी, तमान २०७६ बैशाख ९ । भुपु सैनिक संघ तमानखोला गाउपालिकाको अध्यक्षमा क्याटेन कुल बहादुर रोका र सचिवमा पहलसिह बुढा चयन भएका छन् । १५ सदस्यीय समिति गठन गरि कार्यक्रम सम्पन्न गरिएको भुपु सैनिक संघ जिल्ला सदस्य झहर बहादुर खत्रीले बताए ।

कार्यक्रममा बोल्दै तमानखोला गाउपालिकाका अध्यक्ष जोकलाल बुढाले भुपुहरुको संस्थाले स्थानिय तहसँग समन्वय गरेर काम गर्न सके बिकास गर्न सजिलो हुने बताए । उजले भुपु सैनिक संघ नेपाली काग्रेसको जुझारु र अनुशासित संस्था भएको उल्लेख गरेका थिए ।

कार्यक्रममा भुपु सैनिक संघका जिल्ला अध्यक्ष्य क्याटेन हरि बहादुर भण्डारी, उपाध्यक्ष नारायणध्वज मल्ल, जिल्ला सदस्य झहर बहादुर खत्री, झक बहादुर बुढा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम क्याटेन कु्ल बहादुर रोकाको अध्यक्षता, नारायणध्यवज मल्लको स्वागत मन्तब्य र खगेन्द्र पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *