बागलुङ जिल्लामा दुई भरुवा र एक .२२ राईफल गरी तीन अवैध हतियार बुझाईयो !

बागलुङ २०७६ बैशाख ९ । नेपाल सरकार मन्त्रीपरिषदको गत २०७५ साल फागुन २८ गतेको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय बागलुङले २०७५ चैत ३ गते प्रेस विज्ञप्ती जारी गर्दै जुनसुकै कारणले नेपाल राज्य भित्र कोहि कसैले अवैध हातहतियार खरखजाना राखेको भए चैत १ गतेको मितिले ३५ दिन भित्र बुझाउन ल्याउनु पर्ने सुचना प्रकाशित गरेकोमा बागलुङ जिल्लामा तोकिएको समय भित्र जम्मा ३ थान हतियार बुझाउन ल्याएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एवं प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले ईबागलुङलाई बताए ।

प्रहरी उपरीक्षक शर्माले जिल्लाभरबाट दुई थान भरुवा बन्दुक र एक थान .२२ राईफल बुझाउन ल्याएको जानकारी दिए ।

स्मरणीय छ, जिल्ला प्रशासन कार्यालय बागलुङमा कानूनत दर्ता (नवीकरण)गरिएका हातहतियारको संख्या करीब १२५ रखेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *