आसन्न निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा माहौल बनाउन कार्यकर्तालाइ आग्रह !

भरतप्रसाद सापकोटा, बागलुङ , २०७३ चैत १२ । बागलुङ जिल्लाको काठेखोला गाउपालिका (साविक बिहुँकोट गा बि स)को वडा नं ५ र ६को नेपाली काग्रेस बिहुँकोटले शनिवार सयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन गरेको छ।

शनिवार आयोजित सयुक्त प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सांसद व्दय गोविन्द प्रसाद शर्मा कडेल र टंकप्रसाद शर्माले नेपाली काँग्रेसले प्रजातन्त्रको स्थापना देखि संविधानको निर्माण गरेकोले संबिधान कार्यान्वयन गर्न पनि नेपाली कांग्रेसले नै पहल गरेको वताए ।

पूर्व साँसद कँडेल र शर्माले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्ने माहौल सिर्जनागर्न गराउन कार्यकताहरुलाई आग्रह गरेका थिए ।

जनताको दुख सुख मा साथ दिने पार्टी नेपाली कांग्रेस नै भएको वताउदै हरेक विकास निर्माणका काममा पनि काँग्रेसले ठुलो योगदान दिएको हुनाले जनताको पुरानो र ठुलो पार्टी कांग्रेस नै भएको उनिहरुको कथन थियो ।

सो कार्यक्रममा नेपाली काँग्रेसको तर्फदेखि क्षेत्रिय उपसभापति शिवप्रसाद कडेंल, महाधिवेशन प्रतिनिधि गंगा प्रसाद कडेंल, पूर्व गाविस अध्यक्ष कमलापति कडेल, जिल्ला सदस्यहरु महेन्द्र पुन, ज्ञानकुमारी शर्मा श्रीस पूर्व जिल्ला सदस्य लिला कडेंल लगाएतले बोलेका थिए ।

ज्ञामनाथ गैरेको सभापतित्वमा भएको कार्यक्रमको संन्चालन बिहुँकोट गाउसमितिका सचिव कमल प्रसाद न्यौपाने र स्वागत मन्तब्य कोषाध्यक्ष हर्क बहादुर क्षेत्रीले गरेका थिए

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *