बागलुङमा राप्रपाका ९ जना कार्यकर्ता पक्राउ !

कोपिला कंडेल, बागलुङ २०७६ बैशाख ६ । संविधान जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । बागलुङ सदरमुकाममा आयोजना गर्न लागिएको राप्रपाको संविधान जलाउने कार्यक्रम सुरु नहुदैँ प्रहरीले हस्तक्षेप गरी राप्रपाका ९ जना नेता, कार्यकर्तालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार राप्रपाका जिल्ला सचिव बिष्णुप्रसाद सापकोटा, क्षेत्रिय अध्यक्ष हेमराज पन्त, नगर अध्यक्ष इश्वर राजभण्डारी, राप्रपाको विद्यार्थी संगठनका अध्यक्ष हरिबहादुर भण्डारी, जिल्ला सदस्यहरु सञ्जय खड्का, धनबहादुर कार्की, केदार कँडेल, तथा विद्यार्थी संगठनका सदस्य सुर्यप्रसाद सापकोटालाई पक्राउ गरिएको हो ।

विभिन्न २२ बुँदे माग राखेर सरकार विरुद्ध आन्दोलनमा उत्रिएको राप्रपाले घोषित विरोधका कार्यक्रम अन्तर्गत धर्म निरपेक्षता खारेजको माग गर्दै संविधान जलाउने कार्यक्रम राखेको थियो ।

यस अघि राप्रपा बागलुङले देशव्यापी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय बागलुङमा एक घण्टा धर्ना दिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *