निसीखोलाबाट बुटवल जाँदै गरेको जिप दुर्घटना, १३ जना घाइते, ३ को अवस्था गम्भिर !

चालक निदाएको कारण दुर्घटना : यात्रु

कमल पौडेल, बडीगाड (खर्वाङ) २०७६ बैशाख ६ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बडीगाड गाउँपालिका वडा नं. २ क्षेत्रेमा ग १ ज ७०७२ नं. को जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। निसीखोला गाउँपालिका वडा नं. ४ झिवाखोलावाट वुटवलको लागी छुटेको जिप सडक छेउमै पल्टिएको हो । जिपमा सवार निसीखोला घर भइ हाल बुटवल वस्ने वर्ष २५ का उषा शाही, निसीखोला वडा नं. ४ का वर्ष २९ का शोभा चन्द र सोहि स्थानमा वस्ने ६३ वर्षिय चन्द्रलाल शर्माको अवस्था गम्भिर रहेको प्रहरीचौकी खर्वाङका प्रमुख प्रहरी सहायक निरीक्षक मन वहादुर कार्किले वताए ।

सो दुर्घटनामा वुटवल ११ का २६ वर्षिय गीता चन्द थापा, सोहि स्थानका ३ वर्षिय सदीक्षा थापा, निीिखोला ४ का ९ वर्षिय निसा चन्द, सोहि स्थानका १२ वर्षिय सक्षम रेग्मी, ३५ वर्षिय पुरन बुढा मगर, १८ वर्षिय इश्वरी प्रसाद पौडेल, ५ वर्षिय तेज कुमारी रेग्मी, निसीखोला गाउँपालिकाका वडा नं. ३ का १८ वर्षिय निरज शाही र चालक बडीगाड गाउँपालिका वडा नं. १ का रिम थापा घाईते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको खर्वाङमा प्राथमिक उपचार पछि बुटवल पठाइएको छ। बुर्तिवाङ यातायात प्रालिद्धारा सञ्चालीत सो फोर्स जिप सडक छेउँको विद्युत पोलमा ठोक्किएर पल्टिएको थियो। चालक निदाएको कारण दुर्घटना भएको यात्रुहरुले वताएका छन्। घटनाको अनुसन्धान भैरहेको ट्राफिक हवल्दार तिलकराम विकले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.