धौलागिरीका ३ सर्जकहरु शनिवार एकै ठाउँमा उभिँदै !

निर्मल पौडेल एन.पि.घायल पर्वत २०७६ वैशाख ६ । हातेमालो साहित्य संगम बागलुङले धौलागिरीका ३ सर्जकहरुलाई एकै ठाउँमा उभ्याउने भएको छ । शनिवार पर्वत, बागलुङ र म्याग्दीमा जन्मेर साहित्य क्षेत्रमा लामो समयदेखी साधनारत सर्जकहरुलाई एकै ठाउँ उभ्याउने भएको हो । विशेष गरी पर्वत साहित्य संगम पर्वतका उपाध्यक्ष कुशल सर्जक, मुक्तककार डि.आर शर्मा, बागलुङका सर्जक, गजलकार, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस र म्याग्दीका सिर्जनशिल प्रखर कवि घायलश्रीलाई एकै ठाउँ जुटाउने प्रयत्न गरिएको संगमकी अध्यक्ष सरु पौडेलले जानकारी दिएकी छन् ।

“तिन सर्जक एकै ठाउँ , शनिवार बागलुङ जाउँ ,साहित्यिक कार्यक्रममा रमाउँ” भन्ने मुख्य नारा सहित आयोजना गरिएको कार्यक्रम होटल पिस प्यालेसको सभाहल बागलुङ वजारमा विहान शुरु हुने आयोजकले वताएको छ ।

कार्यक्रमामा मनोरञ्जनात्कता प्रदान गर्दै सर्जकहरुले आफ्ना आफ्ना विधाका सिर्जनाहरु प्रस्तुत गर्नेछन् । धौलागिरीमा आवद्ध सवै कला तथा साहित्यिक संघ सँस्थाहरुका सर्जकहरुको जमघट संगै सर्जकका रचना वाचन गर्ने तथा स्रष्टा सम्मान र शुभकामना आदानप्रदान समेत गरिने भएको छ । यसरी सर्जकहरु छनोट गरी एकैठाउँ राखेर कार्यक्रम गर्दा साहित्य प्रतिको लोकप्रियता, सर्जकहरुको आत्मसम्मान संगै आपसी सद्भाव कायम हुनुका साथै कृति तथा सिर्जनाहरुको मुल्य वढ्दै जाने अपेक्षा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *