१००० दिनका आमा तथा गर्भवती महिलालाई पोषण तथा खाद्य सुरक्षाको बारेमा जानकारी !

पूर्णभद्र निउरे, ताराखोला २०७६ बैशाख ६ । ताराखोला गाउँपालिका को वडा न २ अर्गलमा स्वास्थ तथा पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । १००० दिनका आमा तथा गर्भवती महिला पोषण तथा खाद्य सुरक्षाको बारेमा जानकारी गराउने उदेश्य ले आयोजना गरिएको स्वास्थ शाखाले जनाएको छ ।

सो अबसर मा ताराखोला गाउँ पालिका का स्वास्थ शाखा उप संयोजक दिपक खड्का र अर्गल स्वास्थ चौकीका इन्चार्ज सुमन पौडेलले आर्थिक अवस्था कमजोर भएका साबिक अर्गल गा बि स को वडा न १,देखि ६ का १० जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई ब्यक्तिगत तर्फबाट १/१ क्रेट अण्डा बितरण गरेका थिए।

शाखा उप संयोजक खड्काले १००० दिनका आमा तथा गर्भवती महिलाहरुलाई किन अण्डाको आवश्यक पर्छ, यसबाट केके फाईदा पुग्छ भन्ने बारेमा जानकारीका साथै पोषण , स्तनपानको महत्वको बारेमा जानकारी गराएका थिए ।

अर्गल स्वास्थ चौकीमा सम्पन्न सो कार्यक्रममा हजार दिनका आमाहरु , महिला स्वास्थ स्वयं सेबिकाहरुको सहभागिता रहेको रहेको थियो ।कार्यक्रममा सुआहाराको प्राबिधिक सहयोग सङ्गै सुआहाराका फिल्ड सुपरभाइजर किशोर घर्ती मगरले समेत कार्यक्रमको सहजीकरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *