बेसाहारा बृद्ध दम्पतिलाई रु १० हजार बराबरको खाद्यान्न सहयाेग !

गल्कोट २०७६ वैशाख ६ । सामाजिक संस्था घुम्टे युवा परिवार मल्म बागलुङले गल्कोट नगरपालिका ९ छिसका बेसाहारा बृद्ध दम्पतिलाई खाद्यान्न र विस्तारा सेट सहयोग गरेको छ । संस्थाका सल्लाहकार संयोजक एवं वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र वडा नं ९ का वडा सदस्य धर्मदत्त सापकोटाको विशेष उपस्थितिमा छिसका ७८ वर्षिय चन्द्र बहादुर रामजाली उनकी श्रीमती ८० वर्षिय सरस्वती रामजालीलाई रु १० हजार बराबरको २ बोरा चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती सॅगै विस्तारा सेट सहयोग प्रदान गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

उनीहरुलाई बिहान बेलुका छाक टार्न दैनिक उपभोग्य सामाग्री र न्यानो विस्ताराको अभाव भएको भन्दै संस्थाले खाद्यान्न तथा कपडा सहयोग गरेको संस्थाका कार्य वहाक सचिव प्रकाश थापाले बताए ।

वि.सं २०४१ सालमा स्थापना भएको संस्थाले स्थानिय स्तरमा समय समयमा तालिम, गोष्ठी, युवा जागरण कार्यक्रम, टोल सरसफाई, जनचेतनामुलक कार्यक्रम, विकृति विसंगति न्यूनिकरण अभियान सॅगै खेलकुद कला संस्कृतिको संरक्षण र पर्यटन प्रर्वदनमा टेवा पुराउदै आएको कोषाध्यक्ष सन्त भण्डारीले बताए । त्यस्तै वृद्व दम्पतिलाई भूतपुर्व सैनिक कल्याण संघ गलकोट नगरपालिका ७ र ९ मल्मले पनि नगद रु २ हजार ५ सय नगद सहयोग प्रदान गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *