बडीगाडमा काँग्रेसका कार्यकर्ता भेटघाट एवं शुभकामना कार्यक्रम : छुट्टै जिल्लाको माग गरिने !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ बेशाख ६ । नेपाली काँग्रेस क्षेत्रीय समिती क्षेत्र नम्बर २ ले आयोजना गरेको गाउँ नगर स्तरीय नेता कार्यकर्ता भेटघाट एवं नववर्षको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम बिहीबार बडीगाड गाउँपालिकामा सम्पन्न भएको छ ।

क्षेत्र नम्रब २ का विभिन्न गाउँ नगरको समन्वयमा उक्त कार्यक्रमको सञ्चालन गरिएको क्षेत्रीय समितीले जनाएको छ । ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाहरुमा कार्यक्रम सम्पन्न भैसकेको छ भने बिहीबार बडीगाड गाउँपालिकामा समेत एक औपचारीक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा क्षेत्रीय सभापती दोर्णकुमार कुवँरको अध्यक्षता, सँघिय साँसद ज्ञानकुमारी छन्तयालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे साँसद छन्तयालले नेपाली काँग्रेस पार्टी जनताको लोकप्रिय पार्टी भएको बताउँदै आगामि निर्वाचनमा पहिलो दल बन्ने दाबी समेत गरिन् । वर्तमान सरकारले नानाथरी कुरामात्र गर्ने तर व्यवहारमा काम नगर्ने परिपाटीले जनतालाई आजित बनाइसकेको उनले आरोप समेत लगाईन् । यसपटकको निर्वाचनमा आफनो पार्टी सरकारमा जान नसकेकोमा चिन्ता नलिन कार्यकर्तालाई आग्रह गर्दे आ आफनो क्षेत्रबाट सँगठनलाई मजबुद बनाएर अगाडी बढ्न उनले आग्रह गरिन ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधी सिंहबहादुर राना,सागर छन्त्याल, टेकराज पौडेल जित शेरचन, मन्जेश बम मल्ल, कृष्ण केशि, मन्जु चालीसे, नेपाली काँग्रेस बडीगाड गाउँपालिका सभापती अर्जुन प्रसाद खरेल, नेपाली काँग्रेस वडिगाड ९ का अध्यक्ष भरतबहादुर केशि, लगाएत नेता कार्यकर्ताको आतिथ्यता एवम शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रममा विभिन्न पालिकाका पार्टी सभापती, वडा सभापती लगाएतको उपस्थिती एवं मन्तव्य रहेको थियो । उनिहरुले आफनो पालिकामा स्थानीय सरकारले गरेका काम कारबाहिका बिषयमा रिर्पार्टीङ गरेका थिए ।

त्यस्तै आयोजित कार्यक्रममा सहभागिहरुले बागलुङको पश्चिमी क्षेत्र हरेक तवरबाट पछाडी पारिएको क्षेत्रभएका कारण यसठाउँलार्ई छुट्टै जिल्लाको मागको रुपमा अगाडी बढाउन आवस्यक रहेको बताएका थिए ।

यसबिषयमा क्षेत्रीय सभापती दोर्णकुमार कुवँरले बोल्दै भुगाले सिमा सबै कुरा स्पष्ट हुँदा पनी पश्चिमी क्षेत्रलाई प्रशासनिक लगाएत हरेक तवरबाट पछाडि परिरहेको बताउँदै यसक्षेत्रको विकास र समृद्धिका लागि छुट्टै जिल्ला घोषणाका निम्ती आफनो पार्टी,सत्ता पक्ष र अन्य राजनैतिक दल लगाएतको सँयुक्त पहलमा सक्रियता पुर्वक अगाडी बद्न क्षेत्रीय समितीले भुमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रम क्षेत्रीय उपसभापती नरजँग घर्तिमगरको स्वागत क्षेत्रीय सदस्य दिपेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम शुक्रबार गल्कोट नगरपालिका र शनिबार ताराखोला गाउँपालिकामा हुने भएको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *