बुर्तिबाङ नयाँ शहरका लागि १ सय ३० रोपनी जग्गा खरिदको लागि सिफारिस !

कृष्ण कँडेल, बागलुङ २०७३ चैत १२ । बुर्तिबाङ नगरबिकास समिति अन्तरगतको जग्गा छनोट समन्वय समितिले आएका निबेदनको अध्ययन गरि झण्डै १ सय ३० रोपनी जग्गा जग्गा छनोट गरेर समितिमा सिफारिस गरेको छ ।

बुर्तिबाङ नगर विकास समिति माताहत गठन गरिएको जग्गा छनोट समन्वय समितिका संयोजक दलबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले ढोरपाटन नगरपालिका वडा नम्बर–१ भब्रेटा र वडा नम्बर–३ पुर्काेटको जग्गा खरिदको प्रक्रियामा लैजान सिफारिस गरेको हो ।

बुर्तिबाङ नगर विकासका लागि खरिद गर्न भब्रेटाको ५१ रोपनी र पुर्काेटको झण्डै ८१ रोपनी जग्गा खरिदका लागि उपयुक्त भएको निष्कर्ष सहित खरिदको प्रक्रिया अघि बढाउन नगर विकास समितिमा सिफारिस गर्ने निर्णय भएको बुर्तिबाङ नयाँ शहर आयोजना प्रमुख प्रबिणप्रताप अधिकारीले जानकरी दिए ।

आयोजना प्रमुख अधिकारीले विभिन्न ठाउँबाट आएका निबेदनको अध्ययन गरि दुबै ठाउँको जग्गा गरिद गर्न उपयुक्त ठहराई कानुनी प्रक्रिया पुरा गरेर खरिद गर्न नगर विकास समितिलाई सिफारिस गर्ने निर्णय भएको बताए ।

यसअघि बुर्तिबाङ नगरविकास समिति मार्फत नयाँ शहर आयोजनाका लागि कुतथाप्लामा १५ रोपनी र भब्रेटामा ३५ रोपनी जग्गा खरिद भईसकेको छ । ढोरपाटन नगरपालिका वडा नम्बर–२ कुतथाप्लामा रहेको १५ रोपनी जग्गामा अहिले बुर्तिबाङ नगर विकास समिति र नयाँ शहर आयोजनाको भवन निर्माणको काम सुरु भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *