वलेवाका युवा समाजसेवी पौडेलको सकृयतामा वाराका हावाहुरी पीडित लाई प्रवासीहरुले गरे आर्थिक सहयोग !

निर्मल पौडेल, बागलुङ २०७६ वैशाख ५ । वैदेशीक रोजगारीको लागी अमेरीकामा रहेका बागलुङ नगरपालिका १३ पैयुँपाटाका युवा समाजसेवी वासुदेव पौडेलको सकृयतामा वारा र पर्साका हावाहुरी पीडित लाई करिव १ लाख वरावरको आर्थिक सहयोग गरिएको छ । हावाहुरीमा परी ज्यान गुमाएका १९ घरपरिवारका सदस्यहरुलाई अमेरीकामा संकलन गरिएको ९ सय १० डलर नेपाल विधार्थी संघका निवर्तमान उपाध्यक्ष डिल्लीराम सुवेदी मार्फत हस्तान्त्रण गरिएको हो । अमेरीकाको वाल्टिमोरमा रहेका पौडेल लगायत १६ जना प्रवासी नेपालीहरुले संकलन गरेको उक्त रकम वुधवार विधार्थी नेता सुवेदी वाराको प्रसोनी गाउँपालिका वार्ड नम्वर ६ को फेटा,धरमपुर ,सुर्वण र भलुहिहा पुगेर हस्तान्त्रण गरेका थिए ।

सुबेदी संगै पुर्ब राज्यमन्त्री कलादेवी पासबान, नेवि संघ निबर्तमान सहमहामन्त्री राजेश रौनियार, नेपाल कमर्श क्याम्पसका अध्यक्ष बिश्णु खडका लगायतका नेताहरु र स्थानिय समाजसेवीको साथमा मृतकका परिवार बसोबास गरिरहेका टेण्ट र टहरामा पुगेका थिए । हुरीले घरपरिवार जायजेथा संगै जिन्दगीका उज्जवल सपनाहरु उडाएर विचल्ली भई टहरामा वस्न वाध्य पीडितले राहतले दुखेको घाउमा थोरै भएपनी मल्हम पुगेको वताए । आमा , श्रीमति र दुर्इ भान्जी सहित परिवारका ४ सदस्य गुमाएका फेटाका घाइते हैदर अन्सारीले २० हजार रुपैया नगद वुझ्दै भने यहाहरुले पिडामा मलम त लगाए तर आजभोली हरेक साँझ आउने हुरी, चट्याङ र बर्षाले टेण्टको बसाइ कष्टकर बनेको छ ।

आँसु झार्दै थपे मन साह्रै भक्कानिन्छ, छिटो भन्दा छिटो स्थायी घर बनाएर ओत लाग्न पाए हुन्थ्यो । रकम हस्तान्त्रण गर्दै नेता सुवेदीले पीडा र दर्दका आवाजहरु संम्बधित निकायमा पुर्याउने बचन दिए। प्रवासीहरुले यो दुखको वेलामा मानवियता दर्शाउँदै सफा मनले गरेको सहयोग निकै सह्रानिय रहेको वताए । अमेरीकामा रहेका वासुदेव पौडेल , इश्वर शर्मा, निर वहादुर क्षत्री ,राजेन्द्र शर्मा,राजेन्द्र केसी, सरोज रिजाल, अशोक खड्का, सुजन वोहोरा , रविन्द्र जिसी, दामोदर पौडेल चिरञ्जिवी रेग्मी , सनम वोहोरा, सनम वोहोरा, आशिष सापकोटा, गणेश पौडेल ,पासाङ शेर्पा, हेमन्त मल्ल ले उक्त रकम सहयोग गरेका हुन् । वाल्टिमोरमा एउटा यस्तो टिम छ जुन टिम कसैको पीडा देख्यो कि सहयोग गर्न जुटिहाल्छ । पौडेलको नेतृत्वमा वारामा मात्र हैन अन्य विभिन्न ठाउँका अत्यन्तै दुखमा परेका पीडितहरुलाई वेला वेलामा आर्थिक सहयोग गर्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *