कर्मभुमी फाउन्डेसनद्वारा ढोरपाटन ५ बुढाथोकका महिलाहरुलाई चोली वितरण !

झम सिर्पाली, बुर्तिबाङ २०७६ बैशाख ५ । ढोरपाटन नगरपालिका वडा नं ५ बुढाथोकका गरिव तथा बिपन्न परिवारका २५ जना महिलाहरुलाई चोली वितरण गरिएको छ ।

बागलुङ जिल्लामा शिक्षा, स्वास्थ्य तथा अन्य समाजसेवाका काम गर्ने उदेश्यप्रारुप स्थापित कर्मभुमी फाउन्डेसनले गरिव तथा विपन्न समुदायलाई लक्षित गर्दै उक्त चोली वितरण गरेको थियो ।

चोली बितरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै ढोरपाटन नगरपालिका वडा नं ५ का वडाध्यक्ष लक्ष्मण पुनले फाउन्डेसनको यस किसिमको कार्य प्रसंशनिय रहेको बताए ।
कार्यक्रम फाउन्डेसनका अध्यक्ष कमल भुषालको अध्यक्षता महासचिव शतिसकुमार सिंहको स्वागत तथा सचिव देव विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमबाट लाभान्वित महिलाहरुले समेत फाउन्डेसनको प्रशंसा गर्नुका साथै खुसी व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *