मध्यपहाडी लोकमार्गको नरेठाँटी स्थित गौदी खोलाको मोटरेबल पुल उच्च जोखिममा !

गुमानसिँह भण्डारी, गल्कोट २०७६ बैशाख ५ । मध्यपहाडी लोकमार्ग जोड्ने नरेठाँटी गौदी खोलाको मोटरेबल पुल उच्च जोखिममा रहेको छ । गत बैशाख १ र २ गतेको बेमौसमी भीषण बाढीले गल्कोट नगरपालिका २ नरेठाटी र ४ कोे बिचमा पर्ने मोटरेबल पुल जोखिममा परेको हो । वर्षायाम सुरु नहुँदै परेको असिना पानी बाढीले बागलुङ जिल्लाको विभिन्न खण्डको मध्यपहाडी लोकमार्गमा भौतिक संरचनाहरुलाई निकै क्षेती पुगेको स्थानीयले जानकारी दिएका छन् ।

सो बेमौसमी वर्षाले गल्कोट नगरपालिकाको दुदिलाभाटी, नरेठाँटी, हटिया लगायतका बस्तीहरुमा झण्डै ६ करोड रुपयाँ बराबरको क्षेती पुगेको अनुमान गरिएको छ ।

बाढी पहिरोबाट पीडित परिवारका सदस्यहरुलाई गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मागैरेल केहि राहत रकम वितरण समेत गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *