मल्ममा संस्थागत विकास, सेवा प्रवाह र सुशासन नमुना कार्यक्रम !

गल्काेट २०७६ वैशाख ५ । गलकोट नगरपालिकामै पहिलो पटक वडा नं ७ मल्मले संस्थागत विकास, सेवा प्रवाह र सुसासन नमुना कार्यक्रम शुभारम्भ गरेको छ । वडा नं ७ भित्रका ज्येष्ठ नागरिक, असाय र फरक क्षमता भएका व्यक्तिहरुलाई लक्षित गरि कार्यक्रम शुभारम्भ गरिएको वडा कार्यालयले जनाएको छ । जस अन्तर्गत ११ जनालाई नगद रु ३ हजारका दरले प्रोत्साहन स्वरुप सम्मान प्रदान गरिएको छ ।

वडा नं ७ मल्म बामियाका मन बहादुर दर्जी, चित्रे दमाई, सरस्वती गुरुङ, झिर्काका निरज थापा, पृथ माझी, मल्मका काली सुनार, दुर्गा बहादुर थापा, पुतली थापा, आगाॅखेतका मन कुमारी चोखाल र सिरबारेका सने दमाई र कुमारी दर्जीलाई उक्त रकम वितरण गरिएको हो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका पार्शद थम्मन थापा सन्देश, वडा सदस्य पदमा नेपाली, नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगरपालिका वडा नं ७ का वडा कमिटी अध्यक्ष ललित मरासिनी, नेपाली काॅग्रेसका वडा समिति सभापति चिरञ्जीवी मरासिनी र राष्ट्रिय जनमोर्चाका वडा कमिटी अध्यक्ष दल बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा वडामा कृयाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, समाजसेवी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । संस्थागत विकास सेवा प्रवाह र सुसासन नमुना कार्यक्रम गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *