बिप्लबले आव्हान गरेको बन्दको आंंशिक प्रभाव : शकास्पद बस्तु बम नभएको पुष्टि !

कोपिला कंडेल, बागलुङ, २०७५ बैशाख ५ । नेत्र बिक्रम चन्द बिप्लवले आब्हान गरेको बन्दको बागलुङ बजारमा आंंशिक प्रभाव परेको छ । बन्दका कारण यहांबाट चल्ने साना तथा ठुला सवारी साधन सबै ठप्प छन भने बजार बन्द रहेको छ । बन्दका कारण यहांका बिहानी शिक्षण संस्था बन्द रहेका छन् । मध्यपहाडी लोकमार्गमा समेत सवारी साधन सन्चालनमा रहेका छैनन् ।

बागलुङ नगरपालिका शिवधाराचोकमा फेला परे शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले परीक्षण गर्दा बम नभएको पुष्टि भएको छ ।

गल्कोट नगरपालिकाको केन्द्र हटियाबजार

बिहुँबाट सहकर्मी भरत सापकोटाले दिएको जानकारी अनुसार मध्यपहाडी लोकमार्ग बिबाहका जन्ती पनि जान डराईरहेको अवस्था छ भने गल्कोट नगरपालिकाको केन्द्र हटियाबजारपनि बन्द रहेको सहकर्मी घनश्याम गौतमले जानकारी दिएका छन् । व्यापारीहरुले थोरै सटर माथी उघारेर व्यापार व्यवसाय सन्न्चालन गर्ने प्रयास गरेका छन तर सवारी साधनहरु ठप्प छन् ।

बडीगाड गाउँपालिककाको खर्वाङ बजारमा सानातिना सवारी साधनहरु सन्चालनमा रहेपनि लामो दुूरीका सवारीहरु सन्चालनमा नआएको सहकर्मी कमल अनुरागीले जानकारी दिएका छन् । शिक्षणसंस्थाहरुमा भर्न प्रक्रिया सुरु भैरहेको समाचार प्राप्त भएको छ । उता जिल्लाको पश्चिम केन्द्र बुर्तिवाङ बजारमा पनि बन्दको आंशिक प्रभाव परेको छ । बजार केहि खुले पनि लामो दूरीका सवारी साधनहरु सन्चालनमा नरहेको सहकर्मी छविलाल पाण्डेले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *