मुख्यमन्त्री वातावरणमैत्री कृषि नमुना गाउँ आयोजना संचालानर्थ निसीखोला ५ मा कृषि सहकारी गठन

झम सिर्पाली, निसीखोला २०७६ बैशाख ५ । निसीखोला गाउँपालिका वडा नं ५ अन्तर्गतको मसालगाउँ मुख्यमन्त्री वातावरणमैत्री कृषि नमुना गाउँ आयोजनाको लागि छनौट भएको थियो । यसै सन्दर्भमा उक्त आयोजनालाई प्रभावकारी र सुव्यवस्थित ढङ्गले अगाडि बढाउनका लागि कृषि सहकारी संचालनका लागि तदर्थ समिती गठन गरिएको छ ।

कृषि ऋण तथा बचत एवं अन्य विविध काममा सहजताका लागि एक कृषि सहकारी हुनुपर्ने आयोजनाकै प्रावधान अनुसार उक्त सहकारी संचालनको निर्णय गर्दै दुर्गा छन्त्यालको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिती गठन गरिएको हो । जस्को वरिष्ठ उपाध्यक्षमा राममाया रोका घर्तिमगर उपाध्यक्षमा हेमराज सापकोटा सचिवमा कमल थापा, कोषाध्यक्षमा छमी घर्तिमगर र सह-सचिवमा लक्ष्मण छन्त्याल लगायत अन्य सदस्य रहेका छन ।

त्यस्तै भुमिराज घर्तिमगरको संयोजकत्वमा लेखा समिती,डोर बहादुर घर्तिमगरको संयोजकत्वमा अनुगमन समिति, डिल्लिराज सापकोटाको संयोजकत्वमा ऋण उपसमिति तथा भिमसेन घर्तिमगरको संयोजकत्वमा शिक्षा उपसमिति समेत गठन गरिएको समाजसेवी प्रेम घर्तिमगरले जानकारी दिए ।
कार्यक्रम निसीखोला गाउँपालिका वडा नं ५ का वडाध्यक्ष हर्कमान घर्तिमगरको प्रमुख आतिथ्यता डिल्लिराज भुषालको अध्यक्षता तथा हुतराज भुषालको संचालनमा सम्पन्न भएको थियो । गठित समितिले सहकारीको विधान निर्माण गर्नुका साथै दर्ता गरि वैधानिक रुपमा कृषि सहकारी संचालनमा ल्याउने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *