प्रदेश सांसदद्वारा बाढी ग्रस्त क्षेत्रको अवलोकन : ‘राहतका लागि अधिकतम प्रयास हुन्छ !

खेमराज गौतम, २०७६ बैशाख ५ । बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद इन्द्रलाल सापकोटा र चन्द्र सागर बुढाले गल्कोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटीको बाढी ग्रस्त क्षेत्रको हिँजो अवलोकन गरेका छन् । दुदीलाभाटीमा गत बैशाख १ गते परेको अविरल वर्षले वाढी तथा असिनापानीले अन्नपातमा पु¥याएको क्षतिका बारेमा आजनकारी लिनका लागि सांसदद्वय वाढी ग्रस्त क्षेत्रमा पुगेका हुन । मंगलबार बागलुङका विभिन्न क्षेत्रमा बाढी र वर्षाले पु-याएको क्षतिका बारेमा मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको ध्यानार्कषण गरे पश्चात वाढीको ग्रस्त क्षेत्रको अवलोकन गर्न पुगेका हुन् ।

सांसदद्वयले बाढी क्षति पु¥याएको घर, सडक, विद्यालय, साना लघु जलविद्युत, खानेपानी, सिचाई, केन्द्रिय विद्युत लाईन लगायतको स्थलगत अवलोकन गर्नुभएको जानकारी दिनुभयो । स्थलगत अवलोकन पछी सांसदहरुले तत्काल क्षतिको मुचुल्का सहितको विवरण उपलव्ध गराउन स्थानीय सरकारलाई आग्रह गरेका छन् । राहतका लागि सम्बन्धित सबैमा अधिकतम पहल गर्ने सांसद चन्द्र बहादुर बुढाले बताए । तत्कालै संबोधन गर्न सक्ने विषय तत्काल संबोधन गर्ने र खानेपानी, सडक तथा बाढी, तथा विद्युत व्यवस्थापनका लागि सम्बन्धीत मन्त्रालयमा आग्रह गर्ने अर्का सांसद इन्द्रलाल सापकोटाले बताए । वाढीका कारण गलकोटको दुदीलाभाटी क्षेत्रमा मात्र रु.पाँच करोडको नोक्सानी गरेको नगरपालिकाले अनुमान गरेको छ ।

बर्षा पछीको बाढीका कारण गलकोटको दुदिलाभाटीमा रहेको गौदिखोला लघु जलविद्युत पहिलो, दोस्रो र चौथो आयोजनामा क्षति पु¥याउदा विद्युत सेवा अवरुद्ध बनेको छ भने हटिया–दुदिलाभाटी जोड्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको छ बाढीबाट करिव दुई दर्जन गोठ तथा घरमा आंशिक क्षति पु¥याएको गलकोट नगरपालिकाले जनाएको छ । वाढीका कारण एक वंगुर र्फम, झुलुङ्गे पुल लगायतमा समेत क्षति पु¥याएको वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकीले जानकारी दिए । दुदिलाभाटीको सय रोपनी भन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *