जीउ धनको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले सरकारले बिप्लबलाई प्रतिबन्ध लगाएको हो – बिष्ट

कोपिला कंडेल, बागलुङ २०७६ बैशाख ४ । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सरकार बिकासको अभियानमा लागिपरेकाले समृद्धि आउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै बिष्टले जनताका अपेक्षा धेरै र स्रोत साधनको कमीका बाबजुद सरकार विकासको अभियानमा अगाडी बढेको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका बिष्टले कार्यकर्तालाई परिचालित गरी जनता संगको सम्बन्ध प्रगाढ गर्दै जानुपर्ने बताए । पार्टी एकताको प्रक्रियाको अन्तिम टुंगो लाग्न लागेको भन्दै उनले सैद्धान्तिक, बैचारिक, सांगठनिक एवं व्यवहारिक एकतामा जोड दिनुपर्ने कुरामा जोड दिए ।

‘संगठन बलियो भएमात्रै सरकार बलियो बन्न सक्छ, त्यसैले पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरु एक हुन आवश्यक छ ।’ उनले भने ।
अहिलेको स्थायी सरकारले ५ बर्ष भित्र राम्रो काम गरे अबको सरकार पनि कम्युनिष्ट हुने सन्त्राषमा प्रतिपक्षले नकरात्मक ढंगले प्रचार गरिरहेको आरोप लगाउदै ‘एउटा झुटो कुरालाई सय पटक भन्दा झुट साँचो हुन्छ भने झै अहिले प्रतिपक्ष काँग्रेस पनि यही सिद्धान्त बोकेर अगाडी बढेको छ, तर हाम्रो सिद्धान्त बिकासको हो’ बिष्टको भनाई थियो । प्रधानमन्त्रीले भनेझै अब आगामी आर्थिक बर्षमा सामाजिक सुरक्षा भत्ता बृद्धि हुने बताउदैँ बिष्टले जनतालाई खुशी बनाउन सरकार लागि परेको खुलासा समेत गरे ।

जनता निराश बने देशलाई विकास गर्न अफ्ट्यारो हुने भएकाले जनताका आशा अपेक्षा अनुसारका काम गर्न अगाडी बढेको भनाई राख्दै सन् २०२० सम्म नेपालले बिकासमा फड्को मार्ने र २०३० सम्म नेपाल बिकसित देश बन्ने बिषयमा सबै विश्वस्त रहन आग्रह गरे ।

जनताको जीउ धनको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले सरकारले विप्लपलाई प्रतिबन्ध लगाउनुपरेको पनि जानकारी दिए । कार्यक्रम नेकपाका प्रदेश कमिटि सदस्य ज्ञामनाथ गैरेको अध्यक्षता र लालबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
फाईल तस्वीर ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *