पत्रकार महासंघको भवन निर्माण गर्न अर्थ संकलन अभियान सुरु गरिने !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ चैत १२ । नेपाल पत्रकार महासंघ बागलुङको दोस्रो बैठक शनिवार सम्पन्न भएको छ । बैठकमा पत्रकार महासंघको साझाघर हामी सबैको रहर अभियानलाई सम्पन्न गर्नको लागी रकम संकलन गर्ने निर्णय गरेको छ ।

नवबर्ष २०७४ सालको पावन अवसरमा पत्रकार महासंघ बागलुङले जिल्लाको विभिन्न प्रर्यटकीय क्षेत्रको तस्विर राखि भित्तेपात्रो प्रकाशन गर्ने कामलाई तिव्रता दिएको छ । विभिन्न संस्थाहरुबाट विज्ञापन संकलन गरि भवन निमार्णलाई पनी रकम बचत गर्ने गरी कार्य अगाडी बढाईएको पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले बताए ।

बैठकले चैत १६ गते भवन निमार्णको बारेमा कार्यतय गरी सार्वजानिक गर्ने निर्णय गरेको छ। बैठक दिल शिरिषको अध्यक्षता र सचिव राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *