मोदी-७ राम्जामा पहिरोले खानेपानीको ट्याङकी र धारा ध्वस्त !

निर्मल पौडेल, पर्वत २०७६ बैशाख ४ । पर्वतको मोदी गाउँपालिका ७ राम्जा गोतामे थरमा पहिरो जाँदा खानेपानीको ट्याङकी र दुई वटा धारामा क्षती पुराएको छ । पानी परेसँगै ठुला ढुङ्गा सहित आएको पहिरोले १ लाख भन्दा वढिको क्षती गराएको हो । वुधवार विहान करिव ७ वजेको समयमा पहिरो गएको हो । आकास्मिक रुपमा आएको पहिरोले राम्जा वासीहरुले पिँउँदै आएको पानीको ट्याङकीमा क्षती पु¥याए पछी समस्या भएको स्थानिय मिलन खत्रीले जानकारी दिए ।

करीव ४५ घरधुरीले उपभोग गर्ने पानी ट्याङ्कीे पहिरोले ध्वस्त पारेपछी गाउँलेलाई समस्या भएको छ । पहिरोले भौतिक क्षती गरेपनी मानवीय क्षती नभएको स्थानियको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *