पन्चेबाजा गीत ‘घन्काउ पन्चेबाजा’ युटुव बजार मार्फत सार्वजनिक

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७६ बैशाख ४ । जय नेपाल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा बोबी बि.क.को मौलिक पन्चेबाजा गीत घन्काउ पन्चेबाजा युटुव बजार मार्फत सार्वजनिक भएको छ ।

बहुचर्चित लोक पृर्य गायिका शर्मिला गुरुङ र प्रदेशी गायक बोबी बि.क.को आवाज रहेको सो गीतमा पछिल्लो समयमा करोडौ क्लब मा प्रदेश गर्न सफल दर्जनौ गीतका संगीतकार तथा बहुचर्चित एरेन्जर आशीष अबिरल को लय तथा एरेन्ज रहेको यो गीतमा याम खत्रीले शब्द भरेका छन ।

राग रेकर्डिङ स्टुडियो मा रेकर्ड भएको उक्त गीतलाई सालको पातको तपरी, लालुलै, पिडालु, जस्ता भाईरल गीतका मिक्सिङ ईन्जिनियर HBN किस्मत ले मिक्सिङ गरेका हुन। उक्त गीतको भिडियो शर्मिला गुरुङको अफिसियल युटुव च्यानल मार्फत सार्बजनिक भएको छ ।
भिडियो लाई भने अहिलेका पछिल्लो समयमा ब्यस्त निर्देशक ईश्वर बाबुले निर्देशन गरेका छन भने कमल जि.एम.को छायांकन रहेको भिडियोलाई ईश्वर बाबुले सम्पादन गरेका हुन ।

भिडियोमा ईश्वर बाबू र आकृति रणपाल को अभिनय देख्न सकिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply