बागलुङ छिस्ती जीप दुर्घटनाका घाईते पुनलाई परिवार दलको सहयोग !

काठमाडौ २०७६ बैशाख ३ । दुई महिना अगाडि बागलुण्ज्ञठण् जिल्लाको जैमनी न.पा बडा.नं ८ छिस्तीमा भएको जीप दुर्घटनामा परि गम्भिर घाईते भएकी सम्झना पुनको उपचारमा नेपाल परिवार दलले आर्थिक सहयोग गरेको छ ।

घाईते पुे बाँसबारी स्थीत वेलनेस हस्पीटलमा उपचारत छिन् । नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले मङ्गलबार अस्पातालमै पुगेर घाईते पुनका दाजु गंगा बहादुर पुनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । दलले पुनको उपचारको लागि तीस हजार रुपैयाँ सहयोग गरेको छ ।


पुनको उपचारमा संम्लग्न डा. हिरा गिरीका अनुसार पुनको स्वास्थ्य सुधारोन्मुख रहेको सामान्य हिडन बोल्न थालेको तथा पुराना कुराहरु सम्झन थालेको बताउदै उनलाई अझै एक महिना अस्पतालमै राखेर फिजियोथेरापी लगायतको बिधिबाट उपचार गर्नु पर्ने बताईन् ।
आर्थिक अवस्था कमजोर भएको पुनको परिवारलाई उपचारको लागि बिदेशबाट र केही सहयोगी मनहरुले सहयोग गरेको बिरामीका दाजु गंगा बहादुर पुनले बताए ।

रकम हस्तान्तरण गर्न नेपाल परिवार दलका महामन्त्री बिनोद डाँगी प्रवत्ता सन्तोष कुमार पौडेल र केन्द्रीय सदस्य मनोज सुर्खेती सहित पुगेका अध्यक्ष ढकालले बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गदै दलको तर्फबाट थोरै सहयोग गरेपनि यो दलको तर्फबाट सद्भाव भएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *