गलकोट नगरपालिका ७ मल्मका वडा सचिव महेन्द्र पौडेलको विदाई

थम्मन थापा सन्देश, गलकोट २०७६ बैशाख ०१ । गलकोट नगरपालिका ७ मल्मका वडा सचिव महेन्द्र पौडेललाई आज एक कार्यक्रमको बिच विदाई गरिएको छ । वि.सं २०७२ असोज देखि साविक मल्म गाविसको सचिवमा रहेर हालको गलकोट नगरपालिका वडा नं ७ का वडा सचिवको रुपमा कार्यरत पौडेल नेपाल सरकारको कर्मचारी समायोजन अन्तर्गत गोरखा जिल्लामा सरुवा हुन लाग्नुभएको हो ।

वडा कार्यालयमा आयोजित विदाई कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य दल बहादुर थापा, गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापा, वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, वडा सदस्य पदमा नेपाली, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद थम्मन थापा सन्देश, नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा कमिटि अध्यक्ष ललित मरासिनी, नेपाली काॅग्रेसका वडा सभापति चिरञ्जीवी मरासिनी, राष्ट्रिय जनमोर्चाका वडा कमिटी अध्यक्ष दल बहादुर थापाले विदाई मन्तव्य राख्नुभएको थियो ।

वडा सचिव पौडेल कर्तव्यनिष्ट र कुशल क्षमतावान राष्ट्र सेवकको रुपमा साविकको मल्म गाविसको विकास र समृद्विमा निरन्तर भुमिका खेल्दै आउनु भएको थियो । विदाई कार्यक्रममा गलकोट नगरपालिका ७ र ९ को वडा कार्यालय, विभिन्न राजनैतिक दल, सामाजिक संस्था घुम्टे युवा परिवार र विभिन्न समाजसेवी व्यक्तिहरुले वडा सचिव महेन्द्र पौडेललाई फूलमाला, अविर, दोसल्ला, मायाको चिनोद्वारा सामुहिक रुपमा विदाई गरेका हुन ।

विदाई कार्यक्रममा बोल्दै वडा सचिव महेन्द्र पौडेलले मल्ममा रहॅदा सदैव कर्तव्यनिष्ठ राष्ट्र सेवकको रुपमा भुमिका निर्वाह गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । आफु विदाई भएपनि वडाको समृद्वि र विकासमा सहयात्री बन्न पछि नहटने पौडेलको भनाई छ । निकै भावुक बनेका पौडेल तठस्थता, ईमान्दारिता र जनता प्रति सदैव उत्तरदायी रहॅदै आउनु भएको छ ।

विदाई कार्यक्रम गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको अध्यक्षता, कार्यालय सहायक ज्योति थापाको स्वागत मन्तव्य र गलकोट नगरपालिका वडा नं ९ का वडा सचिव आनन्द प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *