दरमखोलामा आएको बाढीले जनजीवन प्रभावित, केहि छाप्रा बगायो, नरेठाँटी र हटिया क्षेत्र बढी प्रभावित !

कमल पौडेल, बागलुङ २०७६ बैशाख ०१ । दुधिलाभाटि क्षेत्रमा परेको भिषण पानीका कारण दरमखोलामा बाढी आएको छ । बाढीले नरेठाँटी क्षेत्रमा खोलाको तिरमा भएका केहि छाप्रा, कुखुरा फार्म, हटियाका दरमखोलाको तटिय क्षेत्रमा रहेको छाप्रा वगाएको हटियावाट दिपेश विसिले जानकारी दिनुभएको छ ।

बाढीले दरम खोलामा निर्माणाधिन २ वटा पक्की पुलको निर्माण सामाग्रि वगाएको छ। दरमखोला हाइड्रोको पनि निर्माणाधिन क्षेत्रका सामाग्रि वगाएको सुचना प्राप्त भएको छ । दिउसो बडिगाड खोलामा भत्किएको पुल क्षेत्र झेंदिमा बाढी पुगेर ताल वनेको छ। दिउसो विचवाट भाँचिएको निर्माणाधिन पक्की पुल अहिले पुरै खोलामा खसेको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभएको छ ।

विपद् व्यावस्थापन समिति समिति बागलुङका प्रमुख रहेका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल सहितको टोली घटना स्थल तर्फ आइरहेको छ ।

घोंडावाँधेवाट नेपाली सेनाको टोली घटना स्थल नरेठाँटी तथा हटियामा आइपुगेको छ। दरमखोलाको तटिय क्षेत्रममा प्रहरी परिचालन गरिएको छ। तटीय क्षेत्रमा सर्तकता अपनाउन प्रहरीले सवैमा अनुरोध गरेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *