पौदी अमराइमा जीप दुर्घटना हुँदा तिन जनाको मृत्यु, ७ जना घाइते !

माधब खरेल, गुल्मी २०७५ चैत २८ । गुल्मीको मुसिकोट नगरपालिका १ पौदी अमराइमा जीप दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन ।

दर्लिङ्गबाट बुटवल तर्फ जाँदै गरेको लु १ ज, १९५७ नम्बरको जीप दुर्घट्ना हुँदा पुर्व सांसद रुद्रमणी भन्डारी सहित १३ बर्षीय बालक ओस्कार बिकको घटनास्थलमै निधन भएको छ भने कौशिला थापाको उपचारकालागि लैजाने क्रममा निधन भएको वडा नम्बर १ का अध्यक्ष पुर्ण बहादुर हितानले जानकारी दिए ।

दुइजनाको घट्ना स्थलमै निधन भएको हो । त्यस्तैगरी अन्य सात जना घाइतेहरुको वामी स्थित लुम्बिनी वामी हस्पिटल प्राली पोलिक्लिनिकमा सामान्य उपचार पछि पाल्पा पठाइएको छ ।

सदा जस्तै प्रयोग गरिने रुटमा ट्र्याक्टर फसेको कारण सो बाटो प्रयोग नगरी अर्को अफ्ठ्यारो बाटोबाट जाने क्रममा मोड काट्न नसकेर दुर्घटना भएको प्रहरीले बताएको छ । पौदी अमराइको चैन्डाडा भने ठाउमा छत्र निमाबी भन्दा केही तलपट्टी सडकबाट करिब १३० मिटर तल गाडी खसेको जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *