घरेलु मदिरा नियन्त्रण अभियानमा प्रहरी : मदिरा बनाउने कच्चा पदार्थ बरामद !

बागलुङ २०७५ चैत २७ । जिल्ला प्रहरी कार्यालय बागलुङले घरेलु मदिरा नियन्त्रणलाई तिव्रता दिएको छ । केहि दिन पहिले बागलुङ नगरपालिका ३ मा ठुलो मात्रामा घरेलु मदिरा बरामद गरेर नष्ट गरेको प्रहरीले आज बागलुङ नगरपालिका १ रामरेखाबाट घरेलु मदिरा र मदिरा बनाउने मर्चा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिल्ल प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रहरी निरीक्षक रामभक्त भट्टराईको नेतृत्वमा खटिएको टोलीले बागलुङ नगरपालिका १ रामरेखाका खिमबहादुर श्रेष्ठको घरबाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ मर्चा अन्दाजी १ सय २० केजी र ऐ यशोदा पुनको घरबाट घरेलु मदिरा बनाउने तरल पदार्थ बरामद गरेको हाे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *