गल्कोट नगरपालिका हरिचौरमा महिला सचेतना सम्बन्धी तालिम सम्पन्न !

घनश्याम गौतम, गल्कोट २०७५ चैत २७ । गलकोट नगरपालिका वाड नम्बर ५ मा २ दिने महिला सचेतना तथा मेलमिलाप तालिम सम्पन्न भएको छ । गलकोट नगरपालिका बाड नम्बर ५को महिला समुहको आयोजनामा भएको २ दिने तालिममा स्थानिय स्तरमा हुने बिवादलाई मेलमिलापका माध्यमबाट वडामै मिलाउने तथा महिलाहरुको क्षमता अभिबृद्धिका लागि आयोजना गरिएको महिला सचेतनाका लागी मेलमिलाप तालिम बुधबार सम्पन्न्न भएको हो ।

तालिमले गाँउमा सर्वसुलभ र सबैको पहँचको लागि मेलमिलाप केन्द्र स्थापना गरी न्यायपुर्ण र शान्तिपुर्ण समाज निमार्ण गर्न मेलमिलाप सम्बन्धी कार्यलाई सरल र सहज तवरले सञ्चालन गर्न, स्थानीय स्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गर्ने गलकोट नगरपालिकाकोे कार्यक्रम बमोजिम तालिमको आयोजना गरिएको महिला समुहकी अध्यक्ष भगबती मल्लले जनाकारी दिईन ।

तालिममा मेलमिलापको महत्व, मेलमिलापले सामाजिक द्धन्द व्यवस्थापनमा पुर्याउने सहयोग, द्वन्द्व र विवादको विकास र अवधारणा, विवाद समाधानका संयन्त्रहरु, मेलमिलापको अन्तराष्ट्रिय अभ्यास, मेलमिलाप सम्बन्धी कानूनी व्यवस्था, मेलमिलाप ऐन तथा नियमावली, सामुदायिक मेलमिलाप कार्यान्वयन निर्दे्शिका, मेलमिलापका चरणहरु, प्रशंसनीय दष्टिकोण प्रयोग गर्ने शीप, सामाजिक न्याय, लैंगिकता, मानवअधिकार र न्यायोचित समाधान, मेलमिलाप पश्चातको प्रक्रिया, समन्वय र अनुगमन, न्यायिक समितिको क्षेत्राधिकार लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिमको गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर बिक र गलकोट सामुदायिक सेबा केन्द्र गलकोटकि अध्यक्ष तथा मेलमिलापकर्ता मञ्जु शर्मा चालिसेले सहजिकरण गर्नुभएको थियो । तालिम महिला समुह हरिचौरकी अध्यक्ष भगबती मल्लको अध्यक्षता, उपाध्यष रमा भण्डारीको स्बागत तथा सचिब देबि खत्रीको सञ्चालनमा सम्भनन् भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *