बडिगाड गाउँपालिकाको खर्वाङमा तीन महिने ढाका वुनाइ तालिम सुरु !

कमल पौडेल, बडिगाड, बागलुङ २०७५ चैत २७ । बडिगाड गाउँपालिकाको आर्थिक सहयोग तथा बडिगाड महिला तथा बालवालिका सशक्तिकरण केन्द्रको आयोजनामा खर्वाङमा ३ महिने ढाका बुनाई तालिम सुरु भएको छ। कार्यक्रमको उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले उद्यमशिलताको विकासले मात्रै देशले समृद्धि हासिल गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकोले उद्यमी विकासको लागी गाउँपालिका लागीरहेको वताए । उद्यम सिकेका मानिस उद्यमी वन्नै पर्ने भन्दै तालिमको सहि सदुपयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदी, वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, वडा नं. ६ का अध्यक्ष मौसमकाजी क्षेत्री, वडा नं. ९ का अध्यक्ष कृष्ण केसी, कार्यपालिका सदस्य मिन कुमारी रायमाझी, त्रिभुवन माविका प्रधानाध्यापक ढालमणि भण्डारी, रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेल, बडिगाड युवा मञ्चका अध्यक्ष ढालेन्द्र शेरचन, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमनाथ अर्याल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम बडिगाड महिला तथा वालवालिका सशक्तिकरण केन्द्रका अध्यक्ष विना थापाको अध्यक्षता, सदस्य भोला आचार्यको स्वागत मन्तव्य तथा सचिव माया केसिको संचालनमा सम्पन्न भएको थियो। वडिगाड गाउँपालिकामा ढाका उत्पादन केन्द्र खोल्ने उद्धेश्य सहित प्रत्येक वडा वाट एक÷एक जना सहभागिको साथमा तालिमको आयोजना गरिएको अध्यक्ष विना थापाले ईबागलुङलाई जानकारी दिईन् । दश जना सहभागि रहेको तालिममा सहभागिको लागी गाउँपालिकाको तर्फवाट खाने वस्ने व्यवस्था मिलाइएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *