समाजसेवी लक्ष्मणश्रीव्दारा जनता माबिका बिद्यार्थीहरुलाई ल्यापटप र शैक्षिक सामाग्री वितरण !

निर्मल पौडेल, कुस्मीसेरा (बागलुङ) २०७५ चैत २७ । जैमिनी नगरपालिका ९ स्थित जनता माविमा अविभावक दिवस तथा शैक्षिक सत्र २०७५को नतिजा प्रकाशन कार्य सम्पन्न भएको छ । मंगलवार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अभिभावक दिवस मनाउनुका साथै नतिजा समेत प्रकाशन गरिएको हो।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा युवा समाजसेवी लक्ष्मणश्रीले शैक्षिक उनन्नयमा शिक्षक अभिभावक र विधार्थीहरुको त्रिकोणात्मक सम्वन्ध हुनुपर्ने वताए । वर्तमान सरकारले सरकारी विद्यालयलाई प्राथामिकता दिएको सन्दर्भमा कम लगानीमा निजी विद्यालयको भन्दा सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा हाँसिल गर्न सकिने भन्दै अभिभावकहरुलाई निजी विद्यालयमा भन्दा सरकारी विधालयमा पढाउन आग्रह गरे ।

श्रीले वालवालिकाहरुको मनोविज्ञान वुझेर अध्यापन गराउने क्षमता शिक्षकहरुमा हुनुपर्नेमा जोड दिँदै सरकारी विद्यालयमा अध्यापनरत शिक्षकहरु निजी विद्यालयका भन्दा मनोचिकित्सक हुने भएकोले अभिभावकहरुले सरकारी विद्यालयमै आफ्ना वालवालिकाहरुलाई भर्ना गराउन आग्रह गरे ।

यसै अवसरमा विधालयमा शैक्षिक सत्र २०७५ मा उत्कृष्ठ हुन सफल विधार्थीहरुलाई पुरस्कार एवं शैक्षिक सामग्री समेत वितरण गरिएको छ । विधालयमा स्थापना गरिएको विजुला परियार अक्षय कोषका संरक्षक अध्यक्ष समेत रहेका समाजसेवी श्रीले अक्षय कोष संधै गरिव दलित तथा जेहन्दार विधार्थीहरुको हितको लागि स्थापना गरिएको भन्दै कक्षा १ देखी १० सम्म प्रथम हुनेलाई झोला संगै विद्यालय लाई एक थान ल्यापटप समेत वितरण गरेका थिए ।

कार्यक्रममा विधालयका संस्थापक नन्दकिशोर पाध्या रेडियो कुशुमका स्टेशन म्यानेजर कृष्ण अखेली ,विद्यार्थी सफलता ढुङ्गाना शिक्षक लक्ष्मीदेवी पौडेल लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

विधालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष उमानन्द पाध्याको अध्यक्षता शिक्षक लक्ष्मीदेवी पौडेलको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक विष्णु प्रसाद शर्माले गरेका थिए । विद्यालयमा करिव ३ सय विधार्थीहरुले अध्ययन गर्दैै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *