भूकम्पले भत्काएको राममन्दिर निर्माणका लागि आयोजित महायज्ञको चौथौ दिन सम्म ६० लाख संकलन !

कोपिला कंडेल/भरत सापकोटा, बिहुँ २०७५ चैत २६ । काठेखोला गाउंपालिका ६ बिहुं ईनारपानिमा पौवाडाडामा संचालित श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञको चौथो दिन भक्तजनको भीड लागेको छ । ब्रम्हालिन श्री १००८ स्वामी परमानन्द सरस्वतीको जन्म थलो परमेस्वर राममन्दिर पौवाडाडा ईनारपानिमा २०७२ सालको बिनाशकारी भुकम्पले भत्काएको मन्दिरको पुनर्निर्माणका लागि आर्थिक संकलन गर्ने उदेश्यले आयोजना गरीएको महायज्ञक चौथो दिन मंगलबार सम्म ६० लाख रुपैया संकलन भएको महायज्ञ संचालन समितिका कोषाध्यक्ष थानेश्वर कंडेलले जानकारी दिए ।

२०७२ सालको बिनाशकारी भुकम्पले मन्दिरको कुटी वाचनालय लगायत मन्दिर धर्मशाला पुर्णरुपमा क्षेतबिक्षत बनाएको मन्दिरको पुनं निर्माण गरी बैदिक सनातन हिन्दु धर्मको संरक्षण लगायत समग्र बिहुँलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा चिनाउनका लागि महायज्ञको आयोजना गरिएको समितिका अध्यक्ष टिकाराम कंडेलले बताए ।

भुकमपले मन्दिरको कुटी धर्मशाला वाचनालय पुर्ण रुपमा भत्काएको थियो । सो स्थानमा केही समय पछि अस्थाई संरचना बनाएर पुजाआजा गरिदै आएको महायज्ञ मुल आयोजक समितिका सचिव शिवलाल कंडेलले बताए । महायज्ञको प्रमुख वाचकको रुपमा परमानन्द बेदवेदाङ्ग विद्यालय विहुं रामकोटका पुर्व बिद्यार्थी प्रखर युवा पण्डित भरत सुबेदी र सहवाचकको रुपमा बिहु कर्लिमका तुलसीराम सुबेदी रहेको आयोजकले बताएका छन् ।
आज श्रद्धालुहरुले तुलादान गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.