ताराखोलामा सन्चालित नि:शुल्क स्वास्थ शिबिर सम्पन्न : ५ सय ३७ जनाको स्वास्थ जाँच !

पूर्णभद्र निउरे, ताराखोला २०७५ चैत २६ । ताराखोला गाउपालिकाको कार्यालय, सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेश र नेपाली सेनाको अर्जुनबाण गण घोडाबाधे बागलुङको संयुक्त आयोजनामा ताराखोलामा संचालित २ दिने नि:शुल्क स्वास्थ शिबिर आज सम्पन्न भएको छ ।

ताराखोला गा पा को वडा न ४ मा रहेको नेपाल मा बि तारामा संचालित स्वास्थ्य शिबिरमा ३६४ जना महिला र १७३ जना पुरुषले स्वास्थ जाच गराएको ताराखोला गाउपालिकाका स्वस्थ्य शाखा प्रमुख शंकर बिष्टले जानकारी दिए ।

शिबिरका अबसरमा स्त्रीरोग विशेषज्ञ डा हेमा छन्त्याल ,हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा नवीन पौडेल , धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेन्डेन्ट सागर राजभण्डारी ,मेडिकल अधिकृत रबिन बाबु पौडेल , बिर्तिबाङ प्राथमिक स्वस्थ्य केन्द्रका मेडिकल अधिकृत कृष्णहरि श्रेष्ठ र मिलन मल्ल २३ न बाहिनी बाग्लुङका मेडिकल अधिकृत कृष्टिना प्रधान लगायत विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ जाँच संगै निशुल्क औषधि बितरण गरिएको थियो ।

प्रयोगशाला सेवा अन्तर गत ECG , तथा भिडियो एक्सरे सेवा समेत प्रदान गरिएको आयोजकले बताएका छन। शिबिर को क्रम मा स्त्रीरोग र हाडजोर्नी रोग सम्बन्धी बिरामीहरु बढी पाइएको धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेन्डेन्ट सागर राजभण्डारीले बताए।

शिबिर समापनको क्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीद्वारा उपस्थित डक्टरहरु तथा ब्यबस्थापकहरुलाई मायाको चिनो र दोसल्ला सहित बिदाइ गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.