निसीखोलाका शिक्षकरुलाई अभिमुखिकरण तालिम आज देखि सुरु !

झम सिर्पाली निसीखोला २०७५ चैत २६ । निसीखोला गाउँपालिकामा आज शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका ४२ वटै विद्यालयका प्रधानाध्यापक तथा प्रत्येकबाट एक जना शिक्षकसहित ८४ जना शिक्षक तथा जनप्रतिनिधिहरुसमेत उपस्थिति रहेको उक्त कार्यक्रम निसिखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले गरेका थिए ।

उद्घाटन गर्दै अध्यक्ष पौडेलले विद्यार्थीहरुलाई सहि शिक्षादीक्षा दिनु भनेकै भोलिको सभ्य समाज निर्माणको आधार तय गर्नुभएकाले तालिममा कुरा आफ्नो कक्षामा लागु गरि प्रभावकारी शिक्षण गर्न सम्पुर्ण शिक्षकहरुलाइ अपिल गरे।

कार्यक्रममा निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य वडा नं ४ का अध्यक्ष टिकानिधी पौडेल ५ का वडाध्यक्ष हर्कमान घर्तीमगर ६ का वडाध्यक्ष सुर्य बहादुर घर्तिमगर ७ का वडाध्यक्ष तेजेन्द्रविक्रम कुवंर लगायतको आतिथ्यता तथा शुभकामना मन्तव्य रहेको थियो ।

अभिमुखिकरणको कर्म फ्लाईट्स फाउन्डेसन कास्कीका निर्देशक प्रेम बहादुर कुवँर तथा गण्डकी आवसिय विद्यालय पोखराका पुर्व सहायक प्राचार्य शिवलाल धितालले सहजीकरण गरेका थिए।

कर्म फ्लाउउट्स फाउन्डेसन कास्कि नेपालको आयोजनामा संचालित उक्त कार्यक्रममा निसिखोला गाउँपालिकाको समन्वय तथा दृष्टिविहिन विद्यार्थी सहयोह फाउन्डेसन नेपालको सहयोगमा शिक्षकहरुको पेशागत दक्षता तथा प्रभावकारी शिक्षण सिकाईलाई मध्यनजर गरि आयोजना गरिएको कार्यक्रम वडा नं १ का अध्यक्ष इन्द्र मल्लको अध्यक्षता तथा अर्नाकोट आधारभूत विद्यालयका प्रधानाध्यापक वेग बहादुर कुवंरको संचालनमा सम्पन्न भएको थियो ।

यसैबीच ,निसीखोला गाउँपालिका अन्तरगतक प्राथमिक तहका शिक्षकहरुका लागि दुई दिने व्यबहारिक शिक्षण तथा कार्यशाला गोष्ठीसमेत आजदेखि सुरुभएको छ । रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय निसीखोला २ जुग्जाखोलामा संचालित उक्त तालिमको पनि आजै गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले उद्घाटन गरेका हुन ।

विभिन्न विद्यालयबाट ५३ जना शिक्षकहरुको उपस्थिति रहेको उक्त तालिमको आज पहिलो दिन बालप्रभात आवशिय विद्यालय पोखराका शिक्षकहरु रुचिला पन्त, देवि सिङ, शोभा मिश्र अधिकारी लगायतले सहजीकरण गरेका थिए । कार्यक्रम तालिम संचालन समितिका अध्यक्ष झम बहादुर कुवंरको अध्यक्षता अर्नाकोट आधारभूत विद्यालयका शिक्षक रेशम विश्वकर्माको स्वागत तथा जनहित विद्यालयका शिक्षक झम सिर्पालीको संचालन रहेको थियो ।

कार्यक्रम भोलि समापन हुने कर्म फ्लाईट्स फाउन्डेसन पोखराका निर्देशक प्रेम बहादुर कुवंरले जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *