ताराखोला गाउँपालिकाद्वारा प्रमुख प्रशासकीय अधिकृत शर्मालाई स्वागत !

पूर्णभद्र निउरे, ताराखोला २०७५ चैत २६ । ताराखोला गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरि नबागत प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मालाई स्वागत गरेको छ ।

स्वागत कार्यक्रमको क्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले आब २०७५/७६ को नीति तथा कार्यक्रम पुस्तिका प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गर्नु भएको थिए भने प्रमुख प्रसासकिय अधिकृत शर्माले गाउँपालिकाद्वारा निर्धारण गरिएका कार्यक्रमलाई सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुको समन्वय र सहकार्यमा सम्पन्न गर्ने तर्फ ध्यान दिने कुरा बताएका थिए।

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका स्थायी ठेगाना भै यश अघि गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा कार्यरत शर्मा सरुवा भै आज देखि गाउँपालिकामा हाजिर भएको ताराखोला गा पाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।

कार्यक्रममा ताराखोला गा पा का उपाध्याक्ष दिल कुमारी पुन रोका , वडा न ४ का अध्यक्ष जित बहादुर खत्री , प्रबीधिक शाखा प्रमुख हरि बहादुर रावल लगायतले मन्तव्य राखेका थिए
यस अघि गत शुक्रवार मात्र अख्तियारमा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुशाललाई गाउँपालिकाले बिधाइ गरेको थियो । कार्यक्रम ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता र सूचना अधिकृत जित बहादुर सुनारको संचालन मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *