सिवाईसीले ग¥यो बागलुङमा वाल मिलन कार्यक्रम

सुमन जीसी, बागलुङ, २०७५ चैत २६ । वालवालिकामा वचत गर्ने वानीको विकास गर्ने उदेश्यले बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमवार वृहत वाल मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीको आफ्नौ दशौं स्थापना दिवस नवाहव्यापी रुपमा मनाईरहेको सन्दर्भमा आज आठौं दिन वाल मिलन कार्यक्रम गरेको हो । बालबालिकालाई सानैदेखि पैसाको महत्व बुझाई भविष्यका लागि बचत गर्ने बानीको विकास गर्ने योजना अनुसार कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष एवं सामाजिक अभियन्ता रामजी अधिकारीले वालवालिकालाई सकारात्मक सोच र वचतको वारेमा जानकारी गराएका थिए ।


कार्यक्रममा वोल्दै सस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले स्कुल पढ्ने सानै उमेरदेखिका बालबालिकालाई बचतको संस्कृति विकास गर्ने उद्देश्यले सहकारीले यस्तो योजना ल्याएको वताए । अध्यक्ष पौडेलले बचत गर्ने प्रचलन एकदमै कम रहेको अवस्थामा देशको विकासका लागि बचतको स्तर वृद्धि गर्नुपर्ने बताउँदै समाजका सबै तहका व्यक्तिहरुलाई वित्तीय कारोबारमा समाहीत गर्नुपर्ने धारण राखेका थिए ।

वाल वचतकर्ता सोहम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, जिल्ला वचत संघका सचिव ऋषिराम गौतम , वुर्तिवाङ सदस्य सेवा केन्द्रका संयोजक गण्डकी थापा अधिकारी लगाएतले सानो उमेरदेखि नै बचत गर्ने बानी विकास भएमा जिन्दगीभर त्यो बानी रहिरहने भएकाले अभियानको आवश्यकता रहेको वताएका थिए ।

१ सय जना भन्दा वढी वालवालिकाको सहभागीता रहेको कार्यक्रमको स्वागत संस्थाका कर्मचारी सचिता अर्यालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्धक नवराज शर्माले गर्नुभएको थियो । कार्यक्रममा वालवालिका हरुले विभिन्न सास्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

यसै विच सहकारीले सोमवारनै बागलुङका होटल, किराना पसल, डेन्टल तथा मिष्ठान्न व्यवसायी विच अन्र्तक्रिया गरेको छ । सो अवसरमा व्यवसायीहरुले सहकारीका शेयर सदस्यहरुलाई विषेश सहुलियतमा सेवा प्रभाह गर्न साझेदारी गर्न तयार रहेको वताएका छन् । सहकारीले जारी गर्ने परिचय पत्रको आधारमा १० देखी ३० प्रतिशत सम्मको सहुलियत दिने विषयमा सहमती जनाएका छन । सहकारीको मंगालवार हुने १० औ स्थापना दिवस कार्यक्रमको मुल समारोहमा शेयर सदस्य परिचय वितरण सुरु गर्ने तयारी भएको सहकारीका अध्यक्ष पौडेलले वताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.