Sorry, that menu does not exist.
 

राजकुत गाविसको परिषद सम्पन्न : बिद्यालय र सडकलाई प्राथमिकता !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ पुस २२ । राजकुत गाविसको २५ औँ गाँउ परीषद शुक्रबार सम्पन्न भएको छ । बिहिबार देखि सुरु भएको परिषद बिभिन्न योजना छनौट गर्दै सम्पन्न भएको हो ।

गाविस सचिब एवं अध्यक्ष बिराज बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमका अबसरमा निवर्तमान गाविस अध्यक्ष गणेश बहादुर कुवँरको प्रमुख आतिथ्यता रहेको थियो । उतm अबसरमा आर्थिक बष्र्च २०७३÷७४ को बजेट अन्र्तगतको पुँजिगत तर्फ ३० लाख ६३ हजार र चालु तर्फ ५ लाख ४५ हजार गरी कुल ३६ लाख ७ हजार बजेट बिभिन्न शिर्षकमा बिनीयोजन गरीएको छ ।

ज्सअन्र्तगत बालबालीका तर्फ कुल बजेटको १० प्रतिशत अर्थात २ लाख ९१ ह्जार ६ सय ५५ रुपैया पचास पैसा, महिला तर्फ १० प्रतिशत, जनजाती अपाँगत दलीत, जेष्ठ नागरीकका लागि १५ प्रतिशत अर्थात ४ लाख ३७ हजार ४ सय ८३ रुपैया पचास पैसा, गाविस कार्यालयमा मोटरसाईकल खरिदका लागि २ लाख ५० हजार र अन्य बिकास तर्फ गाविस भरका ६ बिधकालयलाई रहने गरी प्रति बिधालय ६० हजारका दरले ३ लाख ६० हजार , स्वास्थ्य चौकि ब्यबस्थापनका लागि ७० हजार ७ सय ६० रुपैया पचास पैसा, महिला स्वास्थ्य स्वयम सेविकाका लागि २५ हजार, खोले ओखर बोट हुँदै जनता मावि सम्म सडक निर्माण ३ लाख तथा प्रत्यक वडामा १ ÷१ लख बजेट रहने गरी बिभिन्न योजनामा रकम छनौट गरीएको छ ।

जसमा कुतखोला लघुजलबिधुत आयोजना, जनजागृर्ति प्रावि सौचालय निर्माण, तातोपानी कुण्ड समसान घाट प्रतिक्षालय,चारमाने समसान घाट प्रतिक्षालय,
मण्डलीथान हुँदै सैरेनी घोरेटो बाटो, चुहार घाट प्रतिक्षलय निर्माण, बुद्ध प्रावि भवन ममर्त, र चोलाङ सडक निर्माणका लागि बजेट बिनीयोजन गरीएको छ ।
कार्यक्रमका अबसरमा राजकुत स्थित सबै राजनैतिक दलका प्रतिनीधि, वडा नागरीक मञ्चका पदाधिकारी, महिला , शिक्षक, प्रतिनीधि, लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम स्वास्थ्य चँैकि ईन्चार्ज रामदेब कापरको स्वागत र सामाजिक परीचालक मन कुमारी महतको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply