ने क पा ताराखोलाको बिस्तारित बैठक सम्पन्न : नेतृत्वमा सहमति जुटेन !

पूर्णभद्र निउरे, ताराखोला २०७५ चैत २४ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ताराखोला गाउँपालिका स्तरीय पार्टी संयन्त्रको बिस्तारित बैठक आज सम्पन्न भएको छ । बैठकमा नेतृत्वका सर्ब सम्मत रुपमा सहमति नभए पछि अध्यक्षका लागि अकंक्षि २ जना र सचीवमा अकंक्षि २ जना को नाम जिल्ला सयन्त्रमा पठाउने निर्णय गरिएको गाउँपालिका स्तरीय पार्टी संयन्त्रका सदस्य फुलमाया पुनले जानकारी दिइन ।
अध्यक्षको लागि पुर्ब माओवादीबाट नरेश के सि र दिवस खत्री पदम र सचिबका लागि पुर्ब एमालेका धन प्रसाद बुढा र मन बहादुर लामिछानेले दाबेदारी प्रस्तुत गरेका थिए । अध्यक्ष र सचिबमा सहमति नजुटे पनि बैठकले १६ सद्स्य पछि ७५ सदस्यीय ताराखोला गाउँपालिका स्तरीय कमिटि गठन गरेको छ ।

कार्यक्रममा गण्डकी प्रदेश कमिटीका सदस्यहरु फोमलाल निउरे ,मोहनलाल शर्मा, राजिब घिमिरे ,जिल्ला पार्टी संयन्त्र सदस्य तथा जिला समन्वय समिती बाग्लुङका उपप्रमुख बिष्णु भुषाल ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम नेकपाका ताराखोला गाउपालिकाका संयन्त्रका अध्यक्ष संजय कुमार श्रेष्ठको अध्यक्षता, धन बहादुर खत्रीको स्वागत र धन प्रसाद बुढाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *