नेकपा गल्कोटको अध्यक्षमा हरिचौरका ललित श्रीस चयन !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ चैत २४ । नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोटको अध्यक्षमा हरिचौरका ललित श्रीस चयन भएका छन् । शनिबार देखि गलकोटमा सञ्चालन भएको नगर भेलाले श्रीसको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि गठन गरेको हो । समितिको सचिवमा रिघाका डम्बर श्रीस रहेका छन् । कार्यक्रममा अध्यक्ष श्रीसले पार्टीको समग्र सदस्यको सुझाव बमोजिम पार्टी सञ्चालन गर्ने, गलकोट नगरपालिकामा पार्टी कार्यालय स्थापना गर्ने र आगामि निर्वाचन सम्ममा मजबुत कम्युनिष्ट बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

सो अवसरमा आगामि चैत्र ३० गतेभित्र गलकोट नगरपालिका भित्रका सम्पुर्ण वाडमा कमिटि गठन गर्न समितिलाई जिम्मेबारी समेत प्रदान गरिएको छ । जिल्ला तहमा नेतृत्व चयन गर्नका लागी बागलुङका १० पालिकामा नेतृत्व चयन गर्ने अभियानमा रहेका नेकपाले चैत १८ गतेदेखि क्षेत्र नम्बर १ र २० गतेदेखि क्षेत्र नम्बर २ मा अभियान सुरु गरेको थियो । शनिबार अध्यक्षको लागि तिलक उप्रेति, चन्द्रदत्त रेग्मी, ललित श्रीस, गंगा भुजेल र बम बहादुर गुरुङको बिचमा छलफल चलेको थियो । अन्त्यमा सर्वसमत रुपमा अध्यक्षमा श्रीस चयन भएका हुन ।

कार्यक्रम नेकपा जिल्ला संयन्त्र सदस्य फमलाल न्युरेको अध्यक्षता र गलकोट संयन्त्र सदस्य चन्द्रदत्त रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *