पोखरामा आयोजित हाइकिङमा बच्चा देखि वयस्कसम्मको सहभागिता !

कविता घर्तीमगर, पोखरा २०७५ चैत २४ । हाइकर्स क्लब नेपालले शनिबार पोखरामा आयोजना गरेको हाइकिङमा बच्चादेखि बालबालिका र वयस्कसम्मको सहभागीता रह्यो । स्वास्थ्य र पर्यटन प्रवद्र्धन गर्नको लागि क्लबले पोखराको ड्यामसाइडदेखि शान्ति स्तुपासम्म ४ किलोमिटरको हाइकिङ कार्यक्रमको आयोजना गरेको हो । उनीहरुले ड्यामसाइडबाट हिडेर बाटो पहिल्याउँदै शान्ति स्तुपा सम्म पुगेका थिए ।

हिड्न रुचि राख्ने बिभिन्न पेशा तथा सामाजिक सस्थामा आबद्घ व्यक्तिहरुको सकृयतामा स्वास्थ्य र पर्यटनका लागि हाइकिड्ड भन्ने मुल नाराका साथ पोखरामा केही समय अघि हाईकर्स क्लब नेपाल गठन भएको थियो ।

कार्यक्तमको सुरुवात गर्दै नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले हाइकिङ छोटो ट्रेकिङ्ग भएकोले यसले पोखरा र यस आसपासका डाडाँकाडालाइ चिनाउदै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले हाइकिङले व्यक्ति स्वयमलाई पनि स्वास्थ र तन्दुरुस्त रहन मद्धत गर्ने बताए । क्लबले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै थपलियाले आगामी दिन पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैँ हाइकिङमा विद्यार्थीको सहभागीता बढाउनुपर्नेमा जोड दिए ।

हाईकर्स क्लब नेपालका अध्यक्ष प्रबिन तुलाचनले हाईकिड्ड मार्फत व्यक्ति स्वस्थ्य र देशलाई समृद्घ बनाउन क्लबले भूमिका खेल्ने बताए । हाइकिङमा हिड्न रुचि राख्ने बिभिन्न पेशा तथा सामाजिक सस्थामा आबद्घ व्यक्तिहरु, पर्यटनका वोर्ड पोखराका प्रबन्धक, क्लबका पदाधिकारी, सदस्यहरु, पत्रकार, बालबालिका लगायतकाको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *