बुर्तिबाङमा चैत महिनाको तेश्रो साता बिशेषज्ञ निशुल्क स्वास्थ्य सिविर हुने !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ चैत १२ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा यहि चैत १८ र १९ गते बिशेषज्ञ निशुल्क स्वास्थ्य सिविर सञ्चालन हुने भएको छ ।

पश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय पोखराको आयोजनामा गाईनोलोजिस्ट र जनरल फिजिसियन सम्बन्धि बिरामीहरुका लागि निशुल्करुपमा चेकजाँच तथा औषधि उपचार हुने भएको बताईएको छ ।

दुई दिन सम्म हुने सिविरमा बिशेषगरी महिलाहरुको लागि हुने समस्या महिनावारी गडबडी, पाठेघरको समस्या, तल्लो पेट दुख्ने समस्या र फिजिसियन
तर्फ पेट, छाती मुटु , टाउको दुखाई जस्ता समस्याको चेक जाँच एवम स्वास्थ्य उपचार हुने भएको हो ।

महिलाको पठ्यघरको अप्रेशन गर्नुपर्ने भएमा म्याग्दीको वेनी अस्पत्तालमा यहाँ सिविर सकिएसँगै हुने निशुल्क सिविरमा सहभागि गराई अपे्रशन गर्न सकिने पश्चिमाञ्चल स्वास्थ्य निर्दशनालय पोखराका प्रशासक सहायक जगत बन्दु पौडेलले बताए ।

बागलुङ पश्चिमी क्षेत्रका जनतालाई लक्षित गरी सञ्चालन गर्न लागिएको सिविरमा बिरामिले कुनै पनी रकम खर्चनु नपर्ने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *