पीकअप जीपले ठक्कर दिँदा एक युवती घाईते !

बुर्तिवाङ २०७५ चैत २३ । बडीगाड गाउपालिका भिङगिठेबाट बुर्तिवाङ तर्फ आउदै गरेको ग २ च ८६२ नम्वरको पीकअप जीपले मध्यपहाडी लोकमार्गको भिङगिठे घोपर्नामा ठक्कर दिँदा बडीगाड ९ की २६ वर्षिया रमिता केसी सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ ।

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ओम प्रकाश यादवका अनुसार सवारी चालक निसीखोला गाउपालिका- १ का प्रकाश कुँवर र सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ भने घाईते रमिता केसीको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *