बिहुँमा आयोजित महायज्ञको पहिलो दिन रु २७ लाख २१ हजार रकम संकलन !
हिन्दुधर्म भित्र कोहि शिव, कोहि राम, कोहि विष्णु भक्तमा बिभाजित हुँदा हिन्दुधर्म कमजोर हुने खतरा !

भरत सापकोटा बिहुँ बागलुङ २०७५ चैत २४ । काठेखोला गाउँपालिका ६ ईनारपानीमा आज देखी सुरु भएको श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञको सन्त समाजका केन्द्रिय अध्यक्ष, हरिहर सन्यास आश्रम तनहुँका पीठाधीश्वर १००८ स्वामी ज्ञानानन्द सरस्वतीले एक भव्य कार्यक्रमका वीच पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरेका छन् ।

ब्रम्हलीन श्री १००८ स्वामी परमानन्द सरस्वतीको जन्मस्थल पौवाडाँडा ईनारपानीमा उहाँकै सक्रियतामा निर्मित भगवान रामको मन्दिर २०७२ सालको बिनाशकारी भुकम्पले भत्काएकोले यसको पुननिर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले आयोजित यस महायज्ञको उद्घाटन पछी बोल्दै स्वामी ज्ञानानन्द सरस्वती महाराजले हिन्दु धर्ममा शिव भक्त, रामभक्त विष्णु भक्त भनेर भन्ने गर्दा हिन्दुधर्मबीच साम्प्रदायिक हिँशा भड्किने खतरा बढेको औँल्याउदै अन्य धर्महरु भित्रिरहेको अवस्थामा हिन्दुधर्म कमजोर हुने बताए ।

महायज्ञ मुल आयोजक अध्यक्ष टिकाराम कँडेलको अध्यक्षतामा भएको उद्घान समारोहमा समितिका उपाध्यक्ष एवं काठेखोला गाउपालिका वडानं ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा पूर्व सांसद व्दय गोविन्द प्रसाद शर्मा कँडेल र टंकप्रसाद शर्मा कँडेल, वडा नं ५ का वडाध्यक्ष शिवप्रसाद कँडेल, नेपाल पत्रकार महासंघ बागलुङकी सल्लाहकार कोपिला कँडेल, हरिप्रसाद कँडेल लगायतले मन्तव्य दिएका थिए । कार्यक्रमको सन्चाल सचिव शिवप्रसाद कँडेलले गरेका थिए ।

महायज्ञको पहिलो दिनन रु २७ लाख २० हजार ७ सय ३६ रुपयाँ संकलन भएको कोषाध्यष थानेश्वर कँडेलले ईबागलुङलाई जानकारी दिए ।

महायज्ञमा युवा पण्डित भरत सुवेदीले प्रवचन दिईरहेका छन् । महायज्ञ यहि चैत ३० गतेसम्म सन्चालन हुने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *