थम्मन थापा, गल्काेट २०७५ चैत २३ । सामाजिक कृयाकलाप सॅगै खेलकुद र कला संस्कृतिको विकासमा आलोक युवा क्लबले आफनो पहिचान बनाउन सफल भएको छ । संस्थाले समाज रुपान्तरणमा सामाजिक गतिविधी मार्फत सकरात्मक भुमिका खेल्दै आईरहेको छ । गल्कोट नगरपालिका ६ जामुनडाॅडामा अवस्थित उक्त युवा क्लबले स्थापनाकाल देखि नै यस्ता गतिविधीहरु गर्दै आईरहेको संस्थाका उपाध्यक्ष सञ्जय नेपालीले जानकारी दिए । वि.सं २०६९ सालमा स्थापना भएको संस्थाले विद्यार्थीलाई लक्षित गरी निशुल्क ट्युसन कक्षा, युवाहरुलाई लक्षित गरी लागु औषध दुर्व्यसनी न्यूनिकरण सम्बन्धी गोष्ठी, जातिय छुवाछुत सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको उपाध्यक्ष नेपालीले बताए ।
कल्वले समय समयमा सेवा क्षेत्रको मजुवा नौविसे टोल देखि पैयुडाॅडा भित्र टोल सरसफाई समेत गर्दै आईरहेको छ । समाजमा सामाजिक जागरणका गतिविधीहरु सञ्चालन गर्ने क्रममा यहि चैत २८ गते महिला हिंसा न्यूनिकरण, जातिय छुवाछुत सम्बन्धि नयाॅ ऐनमा भएको कानुनी जानकारी र सामाजिक सञ्जालको बढदो विकृति बारे जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको कल्वका अध्यक्ष भक्त बहादुर नेपालीले जानकारी दिए ।
क्लबले प्रत्येक वर्ष नयाॅ वर्षको अवसरमा वार्षिकोत्सव तथा नयाॅ वर्ष मेला गर्दै आईरहेको छ । यस वर्ष पनि संस्थाले विविध खेलकुद, सांस्कृतिक सॅगै प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरेको छ । खेलकुद मार्फत युवाहरुलाई सामाजिक सदभाव सहितको एकता र सांस्कृतिक कार्यक्रम मार्फत आफनो कला संस्कृतिको जगेर्ना गर्न संस्थाले यस्ता कार्यक्रमहरु समेत गर्दै आईरहेको कार्यवहाक सचिव अर्जुन नेपालीले बताए । वैशाख १ गते देखि ४ गतेसम्म हुन गईरहेको संस्थाको ८ औं वार्षिकोत्सव तथा नयाॅ वर्ष मेलामा रु ४० हजार राशीको साविकको वडा स्तरिय पुरुष भलिबल, रु ६ हजार राशी रहेको सामुहिक लोक नृत्य, रु ८ हजार राशीको लोपोन्मुख ठाडो भाका प्रतियोगिता, हाॅस छोप्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरिएको कल्वले जनाएको छ ।
मेलाको उदघाटन समारोहमा गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे र समापन समारोहमा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीको प्रमुख आतिथ्यता रहने बताईएको छ । मेला अवधिभर राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुति रहने बताईएको छ ।