काठमाडौं २०७३ पुस २२ । स्थानीय तह पुर्नसंरचना आयोगका अध्यक्ष डा बालानन्द पौडेलले संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे मार्फत् आज प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष प्रतिवेदन बुझाएका छन् । प्रतिवेदन अनुसार ७ सय १९ वटा स्थानीय तहका जम्मा ६ हजार ५ सय ५३ वडा हुनेछन् ।
प्रतिवेदनमा काठमाडौँ, ललितपुर, चितवन र कास्की गरेर ४ महानगरपालिका, १२ उपमहानगरपालिका, २ सय ४१ नगरपालिका र ४ सय ६२ गाउँपालिका प्रस्ताव गरिएको छ । महानगरपालिकामा एक सय २३ वटा वडा रहने छन् भने १२ वटा उपनगरपालिकामा दुई सय ५१ वडा कायम गरिएको छ । प्रतिवेदनमा नगरपालिकाको संख्या दुई सय ४१ उल्लेख गरिएको छ जहाँ दुई हजार आठ सय १० वडा रहने छन् ।
प्रतिवेदनमा ४ सय ६२ गाउँपालिकामा ३ हजार ३ सय ६९ वडा रहने प्रस्ताव गरिएको छ ।
नेपाली कागजमा तयार भएको १६ भागमा विभाजित १७ सय १८ पृष्ठको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले अध्यायनका लागि स्थानीय विकास मन्त्री पाण्डे र नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीलाई दिर्नेशन दिएका छन् ।