यसरी टुंगियो, बडीगाड गाउपालिकामा नेकपाको नेतृत्व !

कमल पौडेल, बडीगाड, बागलुङ २०७५ चैत २३ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बडीगाड गाउँपालिकाको खर्वाङमा सम्पन्न विस्तारित बैठकले गुणानिधि घिमिरे अध्यक्ष तथा बसन्त थापा सचिव रहेको ७५ सदस्यीय गाउँकमिटि सर्वसम्मत टुंगो लगाएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता पछि पहिलो पटक बडीगाड गाउँपालिका स्तरीय कमिटिको सिफारिस गरिएको हा े। सिफारिस गरिएको कमिटिलाई प्रदेश कमिटिले अनुमोदन गर्ने प्रावधान रहेको छ ।

सो विस्तारित वैठकमा प्रदेश कमिटि सदस्यहरु फमलाल न्यूरे, मोहनलाल रेग्मी, प्रेम खरेल, सुनिल शेरचन, राजिव घिमिरे, जिल्ला संयन्त्र सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसाल, बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा लगाएतको सहभागिता रहेको थियो।

बैठक नेकपाका बडीगाड संयन्त्रका तिर्थमणि भुसालको अध्यक्षता, संयन्त्र सदस्य विना थापाको स्वागत मन्तव्य तथा संयन्त्र सदस्य नर वहादुर क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो।

जिल्ला कमिटिको निर्देशन अनुसार अध्यक्षमा तत्कालीन नेकपा एमालेको तर्फवाट तथा सचिवमा तत्कालीन नेकपा माओवादी केन्द्रवाट सिफारिस गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *