कालिका भगवती मन्दिरमा लाग्ने चैत दशैँ मेलाको सम्पूर्ण तयारी पुरा : शनिबार देखी मेला शुरु !

कोपिला कंडेल, बागलुङ २०७५ चैत २२ । कालिका भगवती गुठी ब्यवस्थापन समितिको आयोजनामा गन्तब्य बागलुङ कालिका कला संस्कृतिको प्रदर्शन, स्थानिय उत्पादन व्यापार र पर्यटन पबद्र्धन भन्ने नाराका साथ यसबर्षको चैते दशै मेला शनिबार देखी शुरु हुदैछ ।

कालिका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको सम्ूुर्ण तयारी पुरा भएको जनाएको छ ।

मेलाको पहिलो दिन शनिबार देखी तीन दिन सम्म तारो खेल प्रतियोगिता संचालन हुने कालिका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए ।

त्यसैगरी चैत २६ गते खुल्ला भजन प्रतियोगिता २७ गते खुल्ला भलिबल प्रतियोगिता २८ गते लोकदोहोरी गीत प्रतियोगिता नौमति पञ्चेबाजा प्रतियोगिता २९ गते लोकदोहोरी प्रतियोगिता ३० गते मुख्य समारोह छेलो प्रतियोगिता नयां बर्ष बैशाख १ गते रथ यात्रा र २ गते कार्यक्रमको समापन गरिने अध्यक्ष खड्काले जानकारी दिए । उनका अनुसार मेला सम्पन्न गर्नका लागि २६ लाख रुपयांको लागत अनुमान गरिएको छ । मेला संचालनका लागि गण्डकी प्रदेश सरकार लगायतका स्थानिय सरोकारवाला संग सहयोगको अपेक्षा गरिएको आयोजकले बताएका छन् ।

कार्यक्रम कालिका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष राजु खड्काको अध्यक्षता, ब्यवस्थापन समितिका उपाध्यक्ष एबं मेला संचालन समितिको सदस्य सचिव कुमार खड्काको समापन र धौलागिरी संचार क्लबका अध्यक्ष एबं कालिका भगवती गुठीका सदस्य राजेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
फाईल फोटो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.