गल्कोटमा परम्परागत कोट पुजामा जनप्रतिनिधीको सकृयता !

थम्मन थापा, गल्काेट २०७५ चैत २२ । खडग कालीका भगवती मन्दिर गल्कोट नगरपालिका ७ मल्म सप्ताहघाटको बैठक आज सम्पन्न भएको छ । बैठकले परापुर्वकाल देखि नै चैते दशैंको अवसरमा कोट मन्दिरमा गरिदै आएको पुजाआजालाई निरन्तरता दिदै थप व्यवस्थित बनाउने निर्णय गरेको छ ।

मन्दिरमा पुजा अर्चनाको लागि जिल्ला समन्वय समितिका सदस्य दल बहादुर थापा, गल्कोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र वडा सदस्य लोक बहादुर थापाको नेतृत्वमा पुजा सञ्चालन गर्ने, आवश्यक व्यवस्थापन मिलाउने जिम्मेवारी प्रदान गरिएको छ । पौराणिककाल देखि कोट मन्दिरमा चैते दशैं र बडा दशैंमा पुजा अर्चना गर्ने, बलि चढाउने परम्परा रहेको छ । उक्त खडग कालिका कोट तथा माईको मन्दिरमा गलकोट नगरपालिका वडा नं ७ को बतासेडाँडा देखि मल्मडाँडा हुँदै झिर्का सम्मका झण्डै २५० घरधुरीले सामुहिक पुजाअर्चना गर्दै आईरहेका छन । पछिल्लो समय समुदायको पुजाआजा प्रति चासो घटदै जान थालेपछि यो पटक जनप्रतिनिधीहरुले यसप्रति चासो व्यक्त गरेको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए ।

धार्मिक आस्थाको धरोहर खडग कालिकाकोट मन्दिरमा पुजा अर्चना तथा दर्शन गरे मनोकामना पुरा गर्ने जनविश्वास रहेको थापाको भनाई छ । चैते दशैंको अवसरमा चैत २८ गतेदेखि ३० गते सम्म पुजा अर्चाना गरिने मन्दिरका सचिव एवं पण्डित रामचन्द्र गौतमले जानकारी दिए । बैठक खडग कालिका मन्दिर व्यवस्थापन समिति गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *