गजल : छोरो प्रदेशीयो पैसा पठाउने भरमा राखेर…

छोरो प्रदेशीयो पैसा पठाउने भरमा राखेर।
वाउ आमा आश्रम श्रीमती शहरमा राखेर।।

शहर झरेकै महिनामा श्रीमती पोइला गई।
भन्थ्यो कहाँ हुन्छ अचेल गाउँघरमा राखेर।।

भो यस्तो काम नगर छोरा भनेकै हुन वाले।
के उम्रन्थ्यो र विऊ वालुवा वगरमा राखेर।।

वुढ्यौलीमा रोग लाग्यो शोकले च्याप्दै गयो
छोरो फर्किने आशमा आँखा सफरमा राखेर।

न त पार्शल नत खवर न छोरोनै आएपछी।
वरु आमालेनै पठाईन् केहि च्यादरमा राखेर।

जिन्दगीमा मैले पनि ठुलै गल्ति गरेँ लाग्छ
यो मनमा राखेर तिमीलाई नजरमा राखेर।।

निर्मल पौडेल एन.पि घायल
कुस्मा पर्वत ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *