ढोरपाटन शिकार आरक्षमा यस सिजनामा १० वन्यजन्तुको शिकार, रु १ करोड ३० लाख भन्दा बढी राजश्व संकलन !

ढोरपाटन २०७५ चैत २२ । मुलुकको एकमात्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको दोश्रो शिकार सिजनमा हाल सम्म ३ झारल र ७ नाउरको शिकार गरिएको छ । विश्वका बिभिन्न १० मुलुकहरुबाट आएका शिकारी टोलीहरु मध्य एक टोली शिकार गर्न नसकेको र दुई टोली फर्किएको आरक्ष कार्यालयका रेन्जर दिपक चौधरीले जानकारी दिए ।

यस सिजनमा १० नाउर र ४ झारलको शिकार गर्न रसियाका दुई जना, हँगेरीका एकजना, युएसएका एक जना, फ्रान्सका दुई जना, अमेरिकाका दुईजना, बेलारुसका एक जना र रिपव्लिकाका एक जना गरी दश शिकारी टोलीले ईजाजत लिएका छन् ।

रेन्जर चौधरीका अनुसार यस सिजनमा एक नाउरको शिकार गरे बापत सरकारलाई रु १३ लाख १ हजार देखी रु १३ लाख ५१ हजार सम्म र एक झारलको शिकार गरे बापत रु १३ लाख १ हजार देखी रु १३ लाख ५० हजार सम्म राजश्व बुझाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *