सहकारी बैंकद्वारा बागलुङका दुई सहकारी सम्मानित !

बागलुङ, २०७५ चैत २२ । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले आर्थिक वर्ष २०७४÷०७५ मा उत्कृष्ट र नियमित कारोबार गर्ने दुईवटा सहकारी संस्थालाई सम्मान गरेको छ ।
बैंकको बागलुङ शाखामा उत्कृष्ट कारोबार गर्ने इमेज बचत तथा ऋण सहकारी संस्था र नियमित कारोबार गर्ने बागलुङ गलकोट बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको हो ।

६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित मुल समारोहमा बैंकका अध्यक्ष के.बी.उप्रेती, प्रतिनिधिसभाका सदस्य मनकुमारी केसी, बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी. ले संस्थाका पदाधिकारीहरुलाई सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।

हरेक आर्थिक वर्षमा शाखा स्तरमा उत्कृष्ट र नियमित कारोबार गर्ने एक एक वटा सहकारी संघ संस्थाहरुलाई सम्मान गरिदै आएको बैंकले जनाएको छ ।

बैंकको साधारणसभामा केन्द्रीय स्तरमा पुरस्कार तथा सम्मान प्रदान गरिदै आएको छ । साधारणसभामा घोषणा गरी शाखा स्तरमा कारोबार गर्ने संस्थालाई सम्मान गर्ने कार्यक्रम अन्तरगत बागलुङका २ वटा सहकारीलाई सम्मान गरिएको हो ।

सहकारी बैंकका सञ्चालक जि.सी. सम्मानित
यसैबीच सोही समारोहमा सहकारी अभियानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीलाई सम्मान गरिएको थियो ।

जिल्ला सहकारी संघका पूर्व अध्यक्ष समेत रहेका जिसीले बागलुङ जिल्ला सहित देशभरकै सहकारी अभियानलाई अगाडि बढाउन निरन्तर रुपमा सक्रिय रहेकोले सम्मान गरिएको संघका अध्यक्ष दिपक गौतमले बताए ।

२०५० सालमा जिल्ला सहकारी संघको सहायक प्रवन्धकका रुपमा सहकारी अभियानमा प्रवेश गरेका जिसी २०५८ देखि सहकारी संघ संस्थाको नेतृत्व गर्दै आइरहेका छन् । सहकारी संस्थाको पदाधिकारी हुदै जिल्ला सहकारी संघ बागलुङको अध्यक्ष, राष्ट्रिय सहकारी बैंकको सञ्चालक लगायत सहकारी अभियानका विभिन्न ठाउँमा रहेर ग्रामिण क्षेत्रमा सहकारी अभियानलाई प्रवद्र्धन गर्नुका साथैै जिल्ला सहकारी संघलाई सक्रिय र संस्थागत गराउन समेत जिसीको योगदान गरेको जिल्ला सहकारी संघले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *