ढोरपाटन नगरपालिकाव्दारा नवागत कर्मचारीहरुलाई स्वागत तथा सम्मान !

सुमन सुनार, बुर्तिबाङ २०७५ चैत २२ । ढोरपाटन नगरपालिकाले नवागत कर्मचारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । नगर कार्यपालिकाको कार्यालयमा विहिबार एक कार्यक्रमको आयोजना गरी नवागत ३ जना कर्मचारीहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।
भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय काठमाण्डौबाट सरुवा भई ढोरपाटन नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा शाखा अधिकृतका रुपमा आएकी विष्णुदेवी कँडेल, पञ्चपुरी नगरपालिका सुर्खेतबाट सरुवा भई सह–लेखापालका रुपमा आएका नवराज खड्का र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ढोरपाटन नगरपालिकामा खटाइएका रोजगार संयोजक हिरालाल खनाललाई स्वागत तथा सम्मान गरिएको थियो । नवागत कर्मचारीहरुलाई ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धन प्रसाद पोखरेलले खादा अविर लगाएर सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलले सवै कर्मचारीहरुले एकजुट भएर, एकअर्कामा समन्वय गरेर जनताको गुनासो नआउने गरी सेवा प्रवाह गर्न निर्देशन दिए । समृद्ध स्थानिय तह निर्माणमा जनप्रंतिनिधी र कर्मचारीहरु दुवै पक्षको उत्तिकै महत्व रहने भन्दै जनताको सेवामा कुनै कमी नहुने गरी कार्य सम्पादन गर्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत पोखरेलले बताए ।

यस्तैै नवागत शाखा अधिकृत विष्णूदेवी कंडेलले पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा आएर सेवा गर्ने मौका पाउदा आफुलाई भाग्यमानी ठानेको बताएकी थिईन् । ढोरपाटन नगरपालिकामा रहुञ्जेल सरकारको निति नियम अनुसार समृद्ध नगर विकासमा तेवा पुग्ने गरी काम गर्ने भन्दै सेवा प्रवाह र कार्य सम्पादनमा कुनै कमी हुन नदिने उनको भनाई थियो । यस क्षेत्रको विकास र सेवा प्रबाहलाई चुस्तदुरुस्त बनाउनका लागि सबै नागरिकहरुको साथ र सहयोगको आवश्यकता रहेको कँडेलले बताए ।

प्रमुख प्रशासकिय अधिकृत पोखरेलको अध्यक्षता रहेको स्वागत तथा सम्मान कार्यक्रममा नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थीती रहेको थियो । कार्यक्रमको सञ्चालन भने नायव सुब्बा चण्डीराज पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.